बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरामा भाइटीका महोत्सव हुँदै

पोखरामा भाइटीका महोत्सव हुँदै


  • ढोरपाटन संबाददाता
  • कार्तिक २० २०७८, शनिबार
फाईल तस्विर

पोखरा/ पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आज १४ औं भाइटीका महोत्सव २०७८ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा दिउँसो यो महोत्सव हुन लागेको हो ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धन गर्दै जारी कोभिड महामारीबीच पनि पर्यटन क्षेत्रमा आशा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ को मारबाट भर्खरै तङ्ग्रीन लागेको पर्यटन उद्योगलाई महोत्सवले सघाउने उनको विश्वास छ ।

विगत दुई वर्षदेखि महोत्सव हुन सकेको थिएन । यसपटक १४ औं भाइटिका महोत्सवको रुपमा विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको संयोजक श्रेष्ठको भनाइ छ।
तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिइएको महोत्सव आफैमा मौलिक भएको होटल संघले जनाएको छ ।

फाईल तस्विर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->