शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बालगृहमा सामूहिक भाइटीका

बालगृहमा सामूहिक भाइटीका


  • ढोरपाटन संबाददाता
  • कार्तिक २० २०७८, शनिबार
.

म्याग्दी/ म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् ।

नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन् । अष्टे«लियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरिएको हो ।

बालगृहका बालबालिकालाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए । म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन् । अभिभावकबिहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।

नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थामा आवद्ध चेलीहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->