बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मन मिलेर गठबन्धन भएको हैन् : मन्त्री आचार्य

मन मिलेर गठबन्धन भएको हैन् : मन्त्री आचार्य

मन्त्री ज्यू डुबानबाट जोगाईदिनुस् !


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७८, बुधबार

तनहुँ/गण्डकी प्रदेशका उर्जा, जलस्रोत, तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सत्तारुढ दलबिच मन मिलेर गठबन्धन नभएको प्रस्ट पारेका छन् । ‘विचार मिलेर हैन्, भावना मिलेर हैन् । राष्ट्रको आवश्यकताका कारण हामी मिलेर अगाडी बढेको हो’ मन्त्री आचार्यको प्रस्टोक्ति छ ।

तनहुँका शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा पहाड खोलाको कटान नियन्त्रण गर्न स्थानीयवासीसँग भएको अन्तरक्रियामा बोल्दै उनले प्रतिगमन र अग्रगमनको बिचको लडाँईबाट आफु मन्त्री बनेको बताए । ‘एकाथरीले यो संविधान च्यातेर फ्याँक्दिन खोजे, अर्का थरीले हैन यो संविधान हामीले बनाएको हो, यसलाई रक्षा गर्नु पर्छ भनेर हामी जुटेका हौँ । नत्र चार थरी चार विचार र चारतिर मुख फर्किएका पार्टी एक ठाउँमा मिलेर सरकार बनाउनुपर्ने जरुरी के थियो र ? एउटाले त्यति धेरै संघर्ष गरेर संविधान बनायो त्यसलाई च्यातचुत पार्न खोजेपछि रक्षा त सबै मिलेर गर्नैप¥यो । जताजता फर्किए पनि मिल्न त प¥यो एकछिन । तर विचार मिलेर होईन’, उनले भने ।

नारा लगाउदै गर्दा आफु फिल्मी स्टाईलमा मन्त्री भएको उनले बताए । ‘हामीले धेरै गर्न सक्छौँ भन्ने थाहा छैन् । फिल्मी स्टाईलमा सरकार बनाएर आ’को हामी । मलाई कहिलेकाहीँ जादु जस्तो लाग्छ । पाँच बर्षका कार्यकाल हामी प्रतिपक्षमा बस्ने हो, खरो सशक्त प्रतिपक्षको भुमिका निर्वाहा गर्छौँ भन्नेमा थियौँ । मन्त्री हुन्छौँ भन्ने कल्पना पनि गरेका थिएनौँ । मन्त्री भईयो, मन्त्री भएपछि हामी जनताको बिचमा आएका छौँ । हामीलाई त्यो मन्त्रालयको घुम्ने कुर्सीमा बसेर एकछिन ऐस आराम गर्नुछैन्’, उनले सुनाए ।

के के नै होला भन्ठानेर पार्टी एकता गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीले एक झापड लगाईदिएपछि आफुहरुसँग मिल्न बाध्य भएको उनको जिकिर छ । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली लागु नहुन्जेलसम्म दुई तिहाईको सरकार भएपनि टिक्न सक्न स्पष्ट भएको दाबी गरे ।

मन्त्री ज्यू डुबानबाट जोगाईदिनुस् !

शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा पहाड खोला ‐खोल्सी)मा अहिले पानी राम्रोसँग बग्न छाडीसकेको छ । यसपाली कात्तिकको सुरुवातमा बेमौसमी बर्षा भएकाले धेरथोर पानी बगरिहेको हो । नत्र यतिबेला खोल्सीमा पानी सुकेर कमिला हिँड्ने अवस्थामा पुग्थ्यो ।

तर यही सानो खोल्सीले बर्खामा स्थानीयको निद हराम गरिदिन्छ । माथीबाट उर्लिदै बगेर आएको पानीको भेल बस्तीमा सोझिन्छ । मालेबगरका घरगोठ डुबानमा पर्छन् । पानीको निकास नभएर सडकबाटै जलमग्न भएर बग्छ । आकाश गर्जिन थालेपछि बर्खाभर मालेबगरवासी त्रसित भएर बस्नुपर्ने बाध्यता छ ।

पहाड खोलाको पानी नियन्त्रणका लागि मालेबगरवासीले गण्डकी प्रदेश सरकारलाई गुहारेका छन् । प्रदेशका उर्जा, जलस्रोत, तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई स्थानीयले पहाड खोलाको पानी निकास र डुबान नियन्त्रणको माग लिएर मन्त्रालय डेलिकेशन आउँछौँ भनेपछि मन्त्री नै बुधबार विहान आएर स्थलगत निरिक्षण गरेका छन् । निरिक्षणमा आएका मन्त्रीसँग स्थानीयले पानीको निकास गर्न ढलको व्यवस्थापन सहित बर्खामा बस्ती डुब्नबाट जोगाईदिन अनुरोध गरे ।

नवप्रभात युव क्लबका अध्यक्ष समेत रेहका स्थानीय युवा विक्रम कार्कीले बर्षौदेखी डुबानको समस्या भोगिरहेको सुनाए । ‘मन्त्री ज्यु डुबानको समस्या समाधान गर्न अनुरोध गर्दछु’, उनले भने । घडेरी किन्न आएकाहरु पानीको निकास नभएकाले डुबान पर्ने बस्ती भनेर फर्कने गरेको उनले बताए । खोलाले सडकलाई समेत विगारेको उनको भनाई छ । उनका अनुसार पहाड खोलाले बर्खामा यहाँका एक सय बढी घरलाई असर पु¥याउँछ । खोला नियन्त्रण गरेर बस्तीतर्फ पस्न नदिनलाई स्थानीय सरकारसँग हार गुहार गरेपनि सुनवाई नभएको उनको भनाई छ ।

प्रकाश अधिकारीले जसै डुबानबाट बस्तीलाई जोगाउन मन्त्री समक्ष अनुरोध गरे । उनले भने, ‘यो खोलाले बर्षौदेखी हामीलाई रुवाएको छ । जसरी हुन्छ डुबानबाट बस्तीलाई जोगाइदिनुहोला ।’ उनका अनुसार बर्खामा कहिले पसलका सामान बगाइदिन्छ त कहिले घरको भान्छाको भाडा वर्तन बगाउँछ ।

मालेबगरवासीको गुनासो सुनेपछि मन्त्री आचार्यले खोलाको तटबन्धन गरेर बस्ती जोगाउन यसै बर्षबाट काम सुरु गर्ने प्रतिबद्धता जनाए । ‘कसरी तटबन्धन गर्ने, खोला कताबाट लैजाने किटानी गर्नुस् । यसै बर्षबाट हामी काम सुरु गर्छौँ । एक बर्षमा सकिदैन् । अलि बढी खर्चिलो पनि छ । खोलालाई पक्की नहरमा व्यवस्थापन गर्नुपर्नेछ । सिँचाई पनि गर्नुपर्ने भएकाले एकिकृत योजना बनाउनुपर्नेछ’, उनले भने । आफुले बोलेको कुरा पुरा गरेर छाड्ने बताए । तुरुन्त प्राविधिक पठाएर काम सुरु गर्ने उल्लेख गरे । घर बस्ती जोगाउने पहिलो प्राथमिकता रहेको उनको भनाई छ । ‘तपाईहरुको विवादले विकास पर नधकेलियोस्’, उनले बताए ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->