तनहुँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा शुक्रबार प्रदेशसभा क्षेत्रिय अधिवेशन हुदैँछ । अधिवेशनको प्रकृया बिहीबार आजबाट सुरु भईसकेको छ । बिहीबार प्रदेशसभा क्षेत्रमा नेतृत्वको आकांक्षीले उम्मेद्वारी दर्ता गराएका छन् ।
तनहुँ क्षेत्र नम्बर २ (ख) मा भने नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशनको उम्मेद्वारी दर्तासँगै नेतृत्व पनि टुंगो लागेको छ । तनहुँ २ (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिपक भट्टराईले बताए । उनका अनुसार उपसभापतिमा इमानसिंह थापा र आनन्द देव श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।
‘विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने समय तोकेका थियौँ । प्रदेश अधिवेशन प्रतिनिधी पदमा बाहेक सबै पदमा आवश्यक भन्दा बढीको उम्मेद्वारी पेरन् । प्रदेश अधिवेशन प्रतिनिधी पदका एक जना उम्मेद्वारले उम्मद्वारी फिर्ता लिएसँगै निर्विरोध कार्य समिति चयन भएको छ’, भट्टराईले भने । प्रदेश अधिवेशन प्रतिनिधि पदका उम्मद्वार रमेश भण्डारीले आफ्नो उम्मेद्वारी फर्ता लिएका हुन् । निर्वाचित पदाधिकारीलाई शुक्रबार प्रमाणपत्र दिने उनले बताए ।
प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, धुर्वकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।
अन्य तीन प्रदेशसभा क्षेत्रमा दुई समूहको उम्मेद्वारी परेको छ । तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) को सभापतिमा शेष मोहम्मद हनिफ मियाँ (गोरा मियाँ) को उम्मेद्वारी दर्ता भएको छ । मियाँको प्यानलबाट उपसभापतिमा राजु खड्का र उमा गोतामे, सचिवमा गौकुमारी न्यौपाने र खोजबहादुर गुरुङ, सहसचिवमा गोविन्द जिसी र कर्ण गुरुङको उम्मेद्वारी परेको छ ।
प्रदेश प्रतिनिधिमा अर्जुनबहादुर अधिकारी, भवेश्वर गुरुङ, विष्णुकुमार मल्ल, प्रेमबहादुर राउत, सन्तोषराज अर्याल, गोविन्द श्रेष्ठ (शिव), सुदिपवंश न्यौपाने, कल्पना केसी, मायादेवी सोती, कान्छीमाया तामाङ, सुरेन्द्रकुमार श्रेष्ठ, पञ्च लामा, दिपा श्रेष्ठ, दिनेशचन्द्र भण्डारी, बासना कुवंर, राधिका परियार र सकिना खातुनको उम्मेद्वारी दर्ता भएको छ ।
यस्तै, अर्को प्यानलको पनि उम्मेद्वारी परेको छ । सभापतिमा विशेश्वर खनाल, उपसभापतिमा सविता उप्रेती र बलबहादुर पोखरेले, सचिवमा इश्वरप्रसाद पौडेल र हरिप्रसाद ढकाल, सहसचिवमा माधव न्यौपाने र मिनबहादुर गुरुङको उम्मेद्वारी दर्ता भएको छ । क्षेत्रीय प्रतिनिधिमा तुलसीराम सापकोटा, हरिदत्त पौडेल, चिरञ्जीवि अधिकारी, सुरेश थापा, कमल पण्डित, बाबुराम बगाले, ज्योति श्रेष्ठ, तीर्था पौडेल, सनिमाया गुरुङ, एलिजा ढकाल, ओजराज पौडेल, विद्या पाण्डे जिसी, केशकुमारी राना मगर, मनिलाल श्रष्ठ, अमर गुरुङ, सकिना खातुन र बुद्धकुमार परियारको उम्मेद्वारी दर्ता भएको छ ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेश (ख) मा राजेन्द्र पियाले सभापतिमा उम्मेद्वारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा रामचन्द्र भट्ट र ऋषिराम भट्टराई, सचिवमा मिलन भुजेल र कृष्णराज न्यौपाने, सहसचिवमा कुमार थापा र सागर बोटेको उम्मेद्वारी परेको छ । प्रदेश प्रतिनिधिमा गिरबहादुर थापा, मणिजङ बस्नेत, वसन्तबहादुर आले, ईश्वर पवन घिमिरे, कुलबहादुर गुरुङ, कृष्णमुरारी मिश्र, हरिचन्द्र रावल, गीता लम्साल, सविना गुरुङ, तुलसी माया पन्त (खत्री), जनजाति पदमबहादुर गुरुङ र श्यामलाल श्रेष्ठ, रामचन्द्र पण्डित, भरत विक, याममाया गुरुङ, तारामाया भुजेल र दिनेश कार्कीको उम्मेद्वारी दर्ता भएको छ ।
यसैगरी अर्को प्यानलबाट सभापतिमा मानकाजी श्रेष्ठ, उपसभापतिमा राधा खनाल र बाबुराम श्रेष्ठ, सचिवमा हरिशरण खनाल र लक्ष्मीकान्त मिश्र, सहसचिवमा विराट केसी र गोपाल थापाले उम्मेद्वारी दिएका छन् । प्रतिनिधिमा अमृतबहादुर नेपाली, चित्तबहादुर थापा, गिरबहादुर थापा, विमला थापा, विपीन गुरुङ, पञ्चमाया गुरुङ, महेशराज भट्टराई, तमबहादुर दरै, प्रेमबहादुर गुरुङ, तुलक कैनी, कर्णबहादुर गुरुङ, मदन पण्डित, निमबहादुर थापा, रामचन्द्र पण्डित, विद्या खनाल, पवित्रा गौली र शान्ता बास्तोलाको उम्मेद्वारी दर्ता भएको छ ।
तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) मा सभापतिमा जितराज रानाले उम्मेद्वारी दिएका छन् । उनको प्यानलबाट उपसभापतिमा रेशमलाल पौडेल र पशुपति क्षेत्री, सचिवमा हरि भण्डारी र राजेशकुमार श्रेष्ठ, सहसचिवमा मुक्तिप्रसाद सापकोटा र केशबहादुर थापाको उम्मेद्वारी दर्ता भएको छ । प्रदेश प्रतिनिधिमा रविचन्द्र पौडेल, शिवशरण वाग्ले, श्रीबहादुर थापा, शिवबहादुर आले, समुन्द्रराम श्रेष्ठ, तुलबहादुर गुरुङ, लोकेन्द्र थापा, सुलोचना गौतम, बासना श्रेष्ठ, बिना खनाल, डोलबहादुर सुनार, जुक्तराज वाग्ले, निशा पौडेल, अन्जनकुमार श्रेष्ठ, हिरालाल गुरुङ, सीता कुमाल र निरबहादुर पुनको उम्मेद्वारी दर्ता भएको छ ।
अर्को प्यानलको सभापतिमा हिराबहादुर थापा, उपसभापतिमा लक्ष्मण शर्मा र जानकी थापा, सचिवमा उमानाथ पाठक र जीवन गुरुङ, सहसचिवमा रामबहादुर नेपाली र सचिन भुजेलको उम्मेद्वारी दर्ता भएको छ । प्रतिनिधिमा यज्ञप्रसाद खनाल, डा. शेषरमण न्यौपाने, सुरेन्द्र वाग्ले, राजबहादुर थापा, युवराज खनाल, अमित शाही, मनिष अर्याल, सरस्वती गौतम, लक्ष्मी श्रेष्ठ, जमुनादेवी रिमाल, मिलन पौडेल, विष्णुमाया खनाल, विमल राना, आशा गुरुङ, नरदेवी गुरुङ, बसन्त लालचन र कृष्णबहादुर नेपालीको उम्मेद्वारी दर्ता भएको छ ।





