शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देउसी–भैलोबाट संकलित रकमले पुस्तकालयमा पुस्तक

देउसी–भैलोबाट संकलित रकमले पुस्तकालयमा पुस्तक


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०७८, शुक्रबार
फेदिखोला गाउँपालिका २ मा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु पुस्तक हस्तान्तरण गर्दै ।

स्याङ्जा/ तिहारमा खेलेको देउसीभैलोबाट संकलन गरेको रकमले फेदीखोलामा रहेको पुस्तकालयमा किताब थपिएको छ ।

फेदीखोला गाउँपालिका २ मा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले देउसी–भैलोबाट संकलित रकमबाट पुस्तक किनेका हुन् ।े विद्यार्थी सुजन पोख्रेलका अनुसार व्यवस्थापन र शिक्षा संकायका पुस्तकहरु किनेर क्याम्पसलाई हस्तान्तरण गरिएको हो । किताबको मूल्य करिब ७० हजार रहेको उनले सुनाए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रकाश गौतम, क्याम्पस प्रमुख हुमनाथ शर्मा पौडेलसहित प्राध्यापकहरुलाई क्याम्पसका व्यवस्थापन र शैक्षिक संकायका विद्यार्थी सम्मिलित विद्यार्थी समूहले पुस्तक हस्तान्तरण गरे ।
गाउँपालिकाको एक मात्र बहुमुखी क्याम्पसमा डेढ सय विद्यार्थी अध्ययनरत छन् । क्याम्पस प्रमुख हुमनाथ शर्माले पुस्तकले यहाँका बिद्यार्थीलाई पठन पाठनका लागि सहयोग पुग्ने बताए ।

देउसी भैलोबाट संकलित एक लाख १५ हजार रकममध्ये ७० हजारको पुस्तक क्याम्पसलाई हस्तान्तरण गरिएको हो भने अमोर सेवा समाजमा आश्रित विद्यार्थीहरुलका लागि १० हजारको शैक्षिक सामाग्री दिइएको हो । कालाभैरव माविमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने विद्यार्थीहरुको योजना रहेको विद्यार्थी सुजन पोख्रेलले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->