बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले नेपाली कांग्रेस प्रदेश महाधिबेशन प्रतिनिधिमा उमेद्वारी दिएका छन् । बागलुङ क्षेत्र नं. १ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिका लागि कँडेलले उमेद्वारी दिएका हुन् ।
पत्रकार महासंघको बिधान विपरित कँडेल प्रदेश महाधिवेशन प्रतिनिधिको उमेद्वार बनेका हुन् ।
पत्रकार महासंघको सदस्य रहेको व्यक्ति कुनैपनि राजनीतिक दलको प्रतिनिधि वा पदाधिकारी हुन नपाउने व्यवस्था रहेको केन्द्रिय महासचिव रोशन पुरीले बताए । ‘महासंघको सदस्य रहेको व्यक्तिनै राजनीतिक दलमा रहनुहुँदैन भन्ने छ, पदाधिकारी त हुनै भएन्’ पुरीले भने । पत्रकार महासंघमा राजनीतिकण मौलाउँदै गएका कारण पार्टीका कमिटि र प्रतिनिधिहरुमा पत्रकार देखिन थालेको पुरीको गुनासो छ । कँडेल उद्योग बाणिज्य संघ बागलुङका महासचिव समेत हुन् ।
‘मैले केन्द्रमा कुरा गर्दा पदाधिकारी रहन नमिल्ने तर प्रतिनिधि लड्न पाउने भनेकाले उमेद्वारी दिएको हु’ कँडेलले भने ‘पत्रकार महासंका कानुनी सल्लाहकार सँग सल्लाह गरेर बाँकी कदम चाल्छु ।’
पत्रकार महासंघको बिधान २०६० (चौथो सम्सोधन २०७३)को परिच्छेद– ८ आचार संहिता बुँदा नं. ३२ (ख)ले ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन ।’ भन्ने व्यवस्था गरेको छ ।





