शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कतै सर्वसम्मत, कतै मतदानबाट नेतृत्व चयन

कतै सर्वसम्मत, कतै मतदानबाट नेतृत्व चयन


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७८, आइतबार

बागलुङ – नेपाली कांग्रेस क्षेत्र नं. २ (क) क्षेत्रीय समितिको पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शुक्रबारबाट सुरु भएको महाधिबेशनअन्र्तगत शनिबार सर्वपक्षीय छलफलपछि पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

प्रदेश क्षेत्रीय सभापतिमा गलकोटका तिलक घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । उप–सभापतिमा ताराखोलाका कलाधर सुवेदी, बडिगाडका हरिचन्द खत्री र सचिवमा गलकोटका टिकाराम पुन काउचा र वीरबहादुर बोहरा, सह–सचीवमा गलकोटका हरिदत गौतम र बडिगाडका राज थापा क्षेत्री निर्बिरोध निबाचित भएका हुन् ।

प्रदेश महाधिवेशन प्रतिनिधिमा अपांगतर्फ हिराबहादुर भण्डारीबाहेक १६ जनाका लागि मतदान भएको थियो । उक्त क्षेत्रमा ४ सय ५१ मतमध्ये ४ सय ३४ मत खसेको थियो ।

क्षेत्र नं. १ (ख) मा दलित महाधिवेशन प्रतिनिधिमा केन्द्र रसायली सर्वसम्मत भए । सभापतिमा दलबहादुर श्रीष राना निर्वाचित भए ।
क्षेत्र नं. २ (ख)मा सचिव र केही महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । सचिवमा हेमराज जैसी र हेम बहादुर बुढा मगर निर्विरोध निर्वाचित भए । सभापतिमा मेषलाल शर्मा निर्वाचित भए ।

कांग्रेस म्याग्दीले निर्वाचनमा पराजितलाई सम्मानजनक स्थान दिने

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित खमबहादुर गर्बुजा (खम्बिर)ले सहमति नभएका पदमा मतदानको प्रक्रियाबाट चुनिए पनि आन्तरिक एकतामा कुनै असर नगरेको भन्दै निर्वाचनमा सहभागी भएकालाई क्षमता अनुसारको उचित जिम्मेबारी दिने बताएका छन् ।

शनिबार पद तथा गोपनियताको सपथ लिदै सभापति गर्बुजाले पार्टीका अग्रजहरुको सम्मान तथा सुझावमा आगामी कार्यकाललाई समेत सफल बनाउने बताए । रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी उनले दोस्रो कार्यकालका लागि निर्विरोध बनाउन सहयोग गर्ने नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदै थप जिम्मेबारी थपिएको बताए ।

गर्बुजाले अघिल्ला दुई निर्वाचनमा पराजित भएपनि पार्टीले दिएको जिम्मेबारी अनुसार अगाडी बढ्ने बताए । गर्बुजाको प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउबा निकट भएपनि संस्थापन इतरका केन्द्रिय नेताहरूमा समेत निकट सम्बन्ध रहेको बताइन्छ ।

अधिबेशनमा जिल्ला सभापतिमा गर्बुजा निर्बिरोध भएपनि उपसभापति, सचिब, सहसचिब, सदस्य र महाधिबेशन प्रतिनिधीहरुका लागि बिहिबार मतदान भएको थियो ।
पटक–पटकको सहमतिमा उम्मेदवार पछि हट्न नमानेपछि भएको मतदानबाट उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिबमा हिराबहादुर पुन र भरत रकाल, सहसचिबमा श्रीराम पौडेल र धु्रवराज कार्की निर्वाचित भएको निर्बाचन सहायक अधिकृत प्रकाश सुबेदीले बताए । उपसभापतिमा बिजयी बेनी नगरपालिकाका प्रमुख समेत रहेका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गरेका थिए । उपसभापतिका प्रत्यासी डमबहादुर पुनले २३८, माधबप्रसाद रेग्मीले ९९, भिमबहादुर कार्कीले ८६ र कमल छन्त्यालले ८६ मत प्राप्त गरे ।
यसअघिको कार्यसमितिमा रेग्मी उपसभापति, कार्की सचिब, छन्त्याल प्रदेश क्षेत्र (ख)को सभापति र अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पुनः महाधिबेशन प्रतिनिधी थिए । सचिबमा निर्बाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त गरे । सचिबका प्रत्यासी अजयमिलन श्रेष्ठले ३५३ र दुर्गाराम सुबेदीले १५६ मत प्राप्त लिएका थिए । श्रेष्ठ पार्टीका प्रबक्ता थिए भने उपाध्याय नेपाली कांग्रेस टे«ड यूनियनका सभापति हुन् । सहसचिबमा निर्बाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाए ।

अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यहरूमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानियाँ, अमृता भण्डारी, मनबहादुर शेरपुञ्जा, पुष्पा बानियाँ बरुवाल, गमबहादुर फगामी पुन, मनरुपा पुन, चमु पुन, युगकुमारी सेन, पुस्कर बहादुर पुन, रामदेबी पुन, काजीमान रोका, लक्ष्मीकुमारी केसी, सम्मरबहादुर थापा, तुलसीदेबी पुर्जा, ललिता तिलिजा, पुर्णबहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बालकुमार लामिछाने र अमृतमान शेरचन रहेका छन् ।

यी हुन तनहुँका चार क्षेत्रमा निर्वाचित पदाधिकारी

तनहुँका चार वटा प्रदेश सभा क्षेत्रमा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ । १४ औँ महाधिवेशन अन्तर्गत भएको प्रदेश सभा क्षेत्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । तनहुँ २ (ख) मा बिहीबार उम्मेद्वारी दर्तासँगै नयाँ नेतृत्वको टुंगो लागेको थियो । अन्य तीन प्रदेश सभा क्षेत्रमा भने शुक्रबार भएको मतदानले नेतृत्वको टुंगो लगाएको हो ।
तनहुँ क्षेत्र नम्बर १ (क) को सभापति पदमा विशेश्वर खनालले बाजी मारे । उनले निकटम प्रतिष्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) लाई पराजित गर्दै सभापति बनेका हुन् । खनालले २९० मत पाएकोमा मियाले २१६ मत मात्रै ल्याए । ५४३ मतदाता रहेकोमा ५३३ मत खसेको थियो ।

तनहुँ १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ विजयी भएका छन् । उनले राजेन्द्र पियाँलाई ६६ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले २२० र पियाँले १५४ मत पाएका हुन् । ४१२ मतदाता रहेको यो क्षेत्रमा ४०२ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।

तनहुँ २ (क) मा जितराज रानाको प्यानल नै विजयी भएको छ । २ सय ३८ मत ल्याएर राना सभापतिमा विजयी भए । उनका निकटम प्रतिष्पर्धी हिरा बहादुर थापाले १ सय ८१ मत पाए । ४ सय ४५ मतदाता रहेकोमा ४ सय ४२ खसेको थियो ।

तनहुँ २ (ख) मा भने बिहीबार नै निर्विरोध नेतृत्व चयन भएको थियो । उम्मेद्वारी दर्ताको क्रममा आवश्यक भन्दा बढी उम्मेद्वारी नपरेपछि निर्विरोध नेतृत्व चयन भएको हो । सभापतिमा इन्द्रबहादुर आले, उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ, सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->