आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आर्मी र पुलिसले अंक बाँडे

आर्मी र पुलिसले अंक बाँडे


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७८, सोमबार

पोखरा – विभागीय क्लब त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको आर्मी र पुलिसबिचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।

पुलिसले अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको हो । पहिलो हाफ बराबरीमा रोकिएपनि आर्मीले पाएको केहि अवसरहरु भने खेर फाल्यो ।

खेलको दोस्रो मिनेटमै आर्मीका सन्तोष तामाङको फ्रिकिकलाई पुसिलका गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दै संकट टारे । १०औं मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार आकासिदा आर्मी अग्रता लिनबाट दोस्रो पटक चुकेको थियो ।

१३औं मिनेटमा सन्तोष तामाङको क्रसमा कप्तान भरत खवासको हेडर पोस्ट नजिकैबाट बाहिरिन पुग्यो । ५१औं मिनेटमा सन्तोष हेमरुनले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए । तेज तामाङको फ्रिकिकलाई हेडरमार्फत गोलको दिशा दिएका थिए ।

६१औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा दिनेश हेन्जनको स्थानमा मैदान छिरेका विवेकले सन्तोष तामाङले दिएको पासलाई पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिदै उत्कृष्ट फिनिस गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->