आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाल ८ विकेटले विजयी

नेपाल ८ विकेटले विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७८, मंगलबार

पोखरा – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानमाथि ८ विकेटको सानदार जित निकालेको छ । जितका लागि ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा इन्दु बर्माले २४ बलमा १८ रन बटुल्दै अविजित रहिन् । अर्की ओपनर सीता रानामगर १३ बलमा २ चौका सहित १७ रनमा क्याच आउट हुन पुगिन् ।

पहिलो विकेटका लागि सीता र इन्दुले ४.२ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्री बेलबासेले १२ बलमा १ चौकासहित १० रनमा रन आउट हुन पुगिन् । कविता जोशी २ बलमा चौका प्रहार गर्दै ८ रनमा अविजित रहिन् ।

त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रनको योगफल तयार पारेको थियो ।

न्गावांग चोडेनले ३१ बलमा १ चौका सहित सर्वाधिक ११ रन बनाइन् । विकेटकिपर तथा ओपनर सोनम पाल्डोनले २९ बलमा १ चौका सहित ११ रन बनाइन् । पहिलो विकेटका लागि सोनम र न्गावांगले ७ ओभरमा ३० रन बनाउँदै भुटानको लागि राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर सीता रानामगरले चोडेनलाई बोल्ड आउट गरेपछि भुटानले भुटानको दुर्भाग्य सुरु भएको थियो । सीतालेनै सोनमलाई सरस्वती कुमारी चौधरीबाट क्याच गराएकी थिइन् । सीताले डेचेन वांगमो २ रनमा कटएण्ड बोल्ड आउट गरिन् ।

सोनम चोडेन ६ रनमा अविजित रहे । सीता रानामगरले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा हङकङसँग ६ विकेटको हार व्यहोरेको थियो । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी तीन खेलमा जित्नुपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->