बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरा लेडी जेसिजमा लक्ष्मी विजयी

पोखरा लेडी जेसिजमा लक्ष्मी विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७८, मंगलबार

पोखरा – पोखरा लेडी जेसिजको अध्यक्षमा लक्ष्मी अधिकारी भारी मतले निर्वाचित भएकी छन् । जेसिजको शनिवार सम्पन्न २८ औं शाखा अधिवेशन तथा ३३ औं बार्षिक साधरण सभामा लक्ष्मी अधिकारी ६९ मत सहित विजयी भएकी हुन् ।

कुल १०५ मत मध्ये उनकी प्रतिद्धन्द्धी गायत्री फुयाललाई पछि पारिन् । फुयालले ३४ मत प्राप्त गरिन् । २ मत बदर भएको निर्वाचन अधिकृत सन्तु पौडेलले जानकारी दिइन् । अध्यक्ष बाहेक अन्य सबै पदमा सर्वसम्मत चयन भएका छन् ।

निर्वाचित हुदैँ अधिकारीले आफुलाई विजयी बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले संस्थालाई अझै परिस्कृत विस्तृत बनाउन लागी पर्ने प्रतिबद्दता समेत व्यक्त गरिन् ।

जेसिजको कार्यकारिणी उपाध्यक्षमा सरु थापा, सचिबमा प्रमिला सुबेदी, कानूनी सलाहकारमा लक्ष्मी(लता) थापा कुंवर, कोषाध्यक्षमा सुमित्रा कोईराला, बृद्वि सभापतिमा सम्झना बस्नेत उपाध्यक्षमा सम्झना थापा,शिलु चालिशे,संगिता अधिकारी,सुनिता गौतम भण्डारी त्यस्तै निर्देशकमा शकुन पौडेल,दिपा तिवारी रेग्मी,रचना अधिकारी, सृजना(ईशा) आले सर्वसम्मत चयन भएकी हुन् ।

वर्ष २०२१ कि अध्यक्ष कमला शर्मा (बिनीता) कंडेलले नवनिर्वाचित अध्यक्ष अधिकारी लगाएतका संपूर्ण नवनिर्वाचित पदाधिकारीलाई फूलमाला र अविरले स्वागत तथा सम्मान गरिन् भने वर्ष २०२१ लाई उत्कृष्ट शाखा बनाउन सफल र विभिन्न विधामा नेपाल जेसीजमा सम्मनित हुन सफल सदस्यहरुको साथ र सहयोग प्रति धन्यबाद समेत व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->