शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा कांग्रेसमा युवा नेता थापा हावी

स्याङ्जा कांग्रेसमा युवा नेता थापा हावी

पुरानाहरु पाखा लागे ।


  • ढोरपाटन संबाददाता
  • मंसिर ८ २०७८, बुधबार

स्याङ्जा – एक समय थियो,स्याङ्जामा नेपाली कांग्रेसका पूर्वउपभापति गोपालमान श्रेष्ठको एकछत्र रजाइँ थियो । उनले चाहेको मान्छेले चुनावमा टिकट पाउँथे ।उनको आशीर्वाद पाएकै नेताहरुले पार्टीको आन्तरिक चुनाव जित्थे । तर, समय फेरिएको छ । गोपालमान यतिबेला पनि पार्टी सभापति शेरबहादुर देउवाकै वरपर छन् तर प्रभाव घटेको छ । अघिल्लो संघीय चुनाव हारेका उनको देशभरजस्तै आफ्नै गृहजिल्लामा पनि कमजोर हुँदै गएको छ ।

स्याङ्जा कांग्रेसमा युवा नेता राजु थापाको सक्रियतापछि उनी कमजोर बन्दै गएका हुन् । कांग्रेसभित्र खुमबहादुर खड्का निकट युवाको परिचय बनाएका थापा दोस्रो संविधान सभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर १ बाट विजयी बने । विजयसँगै उनको राजनीतिक यात्रा उकालो लाग्यो । युवाहरुमाझ लोकप्रिय रहेका यी ‘एक्सन म्यान’ पछिल्लो समय कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका छन् । गोपालमानको प्रभाव क्षेत्रमा शक्तिशाली हुँदै आएका उनले आउँदो अधिवेशनमा जिल्ला सभापतिको घोषणा गरिसकेका छन् ।सभापतिमा उम्मेदवारी घोषणाअघि नै जिल्लामा शक्ति बिस्तार गरेका उनको प्रभाव यति बढेको छ कि, जसलाई च्याप्यो, त्यहीले जित्ने अवस्था देखिएको छ ।

त्यसको पछिल्लो उदाहरण बनेका छन्,–हालका कार्यवाहक सभापति वुद्धिबहादुर राना । क्षेत्र नं १ मा थापाले नेतृत्व गरेको प्यानलले जित हात पार्दा पार्टीका कार्यवाहक सभापति राना ११ नम्बरमा रहँदै प्रतिनिधि बन्नबाट वञ्चित रहे । संघीय महाधिवेशन प्रतिनिधिमा राजु थापाले कुल १ हजार १२ मतमध्ये ८ सय २३ मत हात पारे ।

यस्तै क्षेत्र नं २ मा भागवत प्रकाश मल्ले १ हजार १ सय २९ मतमा ८ सय ५२ मत ल्याउदाँ पुराना नेता खगेन्द्र रेग्मी, संघीय संसाद मोहन पाण्डे, वालिङ नगरपालिका पूर्वमेयर भोजराज अर्यालले हार व्यहोरे । पुराना नेता रेग्मी १५ औ, पाण्डे १२ औ र अर्याल १२ औं नम्बरको रोजाइमा परे ।

क्षेत्र नं १ मा रेग्मी र २ मा खाँण विजयी

स्याङ्जा क्षेत्र नं १ मा तुलसीराम रेग्मी र क्षेत्र नं २ मा दिलिपप्रताप खाँण निर्वाचित भए । क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र प्यानल र क्षे नम्बर २ मा शेरबहादुर देउवा प्यानलले जित हात पारेको हो ।

रेग्मीले ३ सय १५ मतले ओमबहादुर भट्टलाई पराजित गरेका हुने भने सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मा तथा सहसचिवमा धु्रब शर्मा र पशुपति पोखरेलले प्रतिस्पर्धीलाई पराजित गर्दै जित हात पारे ।

क्षेत्र नं २ बाट विजयी खाँणले ४ सय ५९ मतको अन्तरले प्रतिस्पधर्धी ध्रुब शर्मा पंगेनीलाई पराजित गरेका हुन् । क्षेत्र नं २ को सचिवमा फणिनारायण रेग्मी (दिपक) र यादवप्रसाद पाण्डे (सुन्दर) तथा सहसचिवमा प्रमोद पोखरेल र राजेश डुम्रे निर्वाचित बने ।

क्षेत्र नं. १ संघीय महाधिवेशन प्रतिनिधिमा खुलातर्फ राजु थापा, अजित क्षेत्री, तुलसी गिरी, गोबिन्द रानाभाट, भरतप्रसाद लम्साल, डोलबहादुर खडका, प्रेमराज पौडेल, इन्द्रबहादुर रिजाल, भूमिबहादुर गुरुङ् (विश्व) र श्रीराम उपाध्याय, खस आर्यतर्फ कृष्णप्रसाद अर्याल, गोपालप्रसाद ढकाल र शक्तिचन्द्र अधिकारी, महिला खुल्लातर्फ देवी अर्याल, तारा मल्ल, बन्दना लम्साल, लेखमाया पौडेल र खस आर्य महिलातर्फ सीता गोदार र लक्ष्मी केसी निर्वाचित भए । यस्तै दलिततर्फ अमृत विक, आदिवासी जनजातितर्फ अनुप श्रेष्ठ र देवेन्द्र गुरुङ, आदिवासी जनजाति महिलातर्फ धनकुमारी थापा, अल्पसंख्यकतर्फ शाह मोहम्मद मिया निर्वाचित भएको निर्वाचन समितिले बनाएको छ ।

खुलातर्फ निर्वाचित गुरुङ् र जनजाततिका श्रेष्ठ देउवा र अन्य पौडेल लाइनका हुन् । यस्तै क्षेत्र नं. २ क्षेत्रीय अधिवेशन संघीय महाधिवेशन प्रतिनिधि खुलातर्फ भागवतप्रकाश मल्ल, विष्णु पौडेल, गुरुप्रसाद भट्टराई, अर्जुनप्रकाश अर्याल, युवराज पाण्डे, शिवकुमार गिरी, लक्ष्मीप्रसाद रेग्मी, महेन्द्र श्रेष्ठ, छायाराम खनाल, जलेश्वर पाण्डे, खुल्ला महिलातर्फ कल्पना तिवारी, कविता तिवारी, सरस्वती अर्याल, खगीसरा भण्डारी र खसआर्य पुरुषतर्फ रामचन्द्र पंगेनी, लक्ष्मीकान्त रेग्मी र महिलातर्फ सुनिता उच्चै ठकुरी र गायत्री आचार्य निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले बताए । यस्तै समावेशी जनजाती पुरुषतर्फ चन्द्र राना, यादवकुमार श्रेष्ठ, महिलातर्फ विमला श्रेष्ठ र माया राना, दलित पुरुषतर्फ लिलबहादुर रनपाल र महिलातर्फ तुलसी नेपाली निर्वाचित भए । क्षेन नं २ मा निर्वाचित युवराज पाण्डे, गुरु भट्टराई, कल्पना तिवारी रामचन्द्र लाईनका हुन भने अन्य देउवा खेमाका हुन् । क्षेत्र नं २ मा पुराना नेता शंकर पाण्डे, युवा नेता खुमा अर्यालले गुठगत निर्वाचन भएको भन्दै अन्तिम समयमा उम्मेदवारी फिर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->