बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी

नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७८, बुधबार

बागलुङ – नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । पार्टीमा संस्थापन इतरका शर्माले संस्थापन पक्षका उम्मेदवार खडक वहादुर थापालाई पराजित गरेका हुन् ।
प्रतिद्वन्दी थापालाई ४ मतले हराउँदै शर्मा क्षेत्रिय सभापति बनेका छन् । शर्माले ४५४ मत पाए भने थापाले ४५० मत पाएको निर्वाचन समितिले जनाएको छ ।
शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोबिन्द पौडेल (गोपाल), सह-सचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->