बागलुङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंगलबार बाट सुरुभएको क्षेत्र नं. १ बागलुङको अधिबेशनमा जिल्लाका कार्यवहाक साभापतिनै पराजीत भएका छन् । महासमिति सदस्य (खुल्ला) तर्फ उमेद्वारी दिएका सभापति दिपेन्द्र बहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजीत भएका हुन् । उनले ३ सय ९९ मत मात्रै पाए । जीतका लागि केही मत नपुगेकाले थापा पराजीत भएका हुन् ।
आगामि कार्यकालका लागि समेत जिल्ला सभापतिमा थापाको नाम जोडिने गरेको थियो । नेपाली कांग्रेसमा जिल्ला सभापतिका लागि महाधिबेशन प्रतिनिधिमा छनौट हुनैपर्ने बैधानिक व्यवस्था छ । त्यस्तै कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य किरण पौडेल पनि महाधिवेशन प्रतिनिधिमा पराजीत भए । संस्थापन लाईनका उनीहरु संस्थापन इतरका उमेद्वारहरुको बहुमत हुँदा पराजीत भएका हुन् । सभापतिका शशक्त दावेदार मानिएका संस्थापन पक्षका नवराज पौडेल र संस्थापन इतरका जगदिशचन्द्र उपाध्यायले भने भारी मतले चुनाव जीते ।





