बागलुङ/नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुल्ला महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । उनीहरु दुवै संस्थापन समूहका हुन् ।
सो क्षेत्रबाट ओमकार थापा, चिरञ्जीवी गौतम, जगदीशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल, प्रकाश आचार्य, मणिभद्र शर्मा कँडेल, हरिहर शर्मा र हरिप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । २५ महाधिवेशन प्रतिनिधिमध्ये २२ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रहेका छन् ।





