बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस बागलुङको क्षेत्र नं. १ मा पौडेल पक्षको बर्चस्व

कांग्रेस बागलुङको क्षेत्र नं. १ मा पौडेल पक्षको बर्चस्व


  • ढोरपाटन संबाददाता
  • मंसिर ९ २०७८, बिहिबार

बागलुङ/नेपाली कांग्रेसको बागलुङ निर्वाचन क्षेत्र नंं १ को अधिवेसनमा रामचन्द्र पौडेल पक्षको बर्चस्व भएको छ । क्षेत्रीय सभापतिमा चण्डीप्रसाद शर्मा सभापति निर्वाचित भए । उनले संस्थापनका खड्ग थापालाई ४ मत अन्तरले पराजित गरेका हुन् । शर्माको प्यानलनै बिजयी भएको छ । अन्य पदाधिकारीले भने ठूलो मतअन्तर पारेका छन् । पराजित थापा नेविसंघका जिल्ला अध्यक्ष हुन् ।

अधिवेसनबाट सचिवमा गोपाल पौडेल र जयराम भारी निर्वाचित भए । उनीहरुले नरेन्द्र कंडेल र विजय अधिकारीलाई पराजित गरेका थिए । सह–सचिवमा बिष्णुराज पौडेल र गणेश लम्साल निर्वाचित भए । उनीहरुको प्रतिष्पर्धी दुर्गाबहादुर बोहरा र राजन चापागाई पराजित भए । सदस्यतर्फ उमेश केसीले सबैभन्दा धेरै मत ल्याएर बिजयी भएका छन् । पदाधिकारी र सदस्यमा सबै शर्मा समुहका सदस्य निर्वाचित भएका हुन् ।

महाधिवेसन प्रतिनिधिमा संस्थापन कमजोर

क्षेत्रीय अधिवेसनबाट चुनिने महाधिवेसन प्रतिनिधिमा बागलुङमा संस्थापन पक्ष कमजोर देखिएको छ । मत परिणामअनुसार कांग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुर थापा नै महाधिवेसन प्रतिनिधिमा पराजित भएका छन् । खुला १० जना प्रतिनिधिमा उठेका थापाले १२ औं स्थान पाए । उनले ३ सय ९९ मत मात्रै पाएका थिए । सभापतिका प्रत्यासी जगदिशचन्द्र उपाध्यायले भने ६ सय २६ मत पाए । कुल ९ सय २१ मत खसेको थियो । क्षेत्र नंं. १ को अधिवेसनमा आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल पनि पराजित भएका छन् । दुवैजना संस्थापन पक्षका हुन् ।
आसन्न महाधिवेसनको लागि भैरहेको जिल्लाका विभिन्न अधिवेसनमा पनि संस्थापन इतर समूह बलियो देखिएको छ ।

बागलुङका दुवै क्षेत्रमा संस्थापन र इतर समूहले प्यानल बनाएर चुनाव लडेका थिए । खुला दश जनामध्ये जगदिशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराज सुवेदी, मणीभद्र शर्मा, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरन्जिवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका हुन् । खुला महिलातर्फ शकुन्तला शर्मा, कल्पना पाठक, चम्पादेवी खड्का र पार्वती आचार्य निर्वाचित भए ।
खस आर्यतर्फ उमाकान्त शर्मा, नारायण शर्मा र बिष्णुप्रसाद पौडेल दारी निर्वाचित भए । खस आर्य महिलातर्फ भगतवी शर्मा र कमला पराजुली, आदिवासी महिलातर्फ बेमकुमारी थापा, जनजाती खुलातर्फ बसन्त कुमार श्रेष्ठ र भीम श्रीष तथा दलीत महिलामा दुर्गादेवी विक निर्वाचित भए । दलीत खुलामा सिताराम रसाइली र अल्पसंख्यकमा प्रेमबहादुर छन्तयाल निर्वाचित भएका हुन् ।

महाधिवेसनमा एकै परिवारका दुई–दुई जना निर्वाचित

बागलुङ क्षेत्र नं.ं १ को निर्वाचनमा कांग्रेसका पुर्वसभापति प्रकाश शर्मा पौडेल र उनका भाई नाराण्ण शर्मा, जिल्ला सभापतिका प्रत्यासी जगदिशचन्द्र उपाध्याय र उनकी पत्नी महिला संघकी अध्यक्ष शकुन्तला शर्मा दुवैले सर्वोकृष्ठ मत ल्याए । त्यस्तै महाधिवेसन प्रतिनिधि जितेका भीम श्रीषका भाई दलबहादुर श्रीष प्रदेश ‘ख’को सभापति निर्वाचित भए । उनीहरु रामचन्द्र पौडेल पक्षका हुन् । जैमिनी नगरपालिका–७ का केन्द्र रसाइली प्रदेश र उनकै सहोदर दाइ सिताराम रसाइली महाधिवेसन प्रतिनिधि निर्वाचित भएका छन् ।

पार्टी सचिव नवराज पौडेल महाधिवेसन र उनकी पत्नी उषा पौडेल क्षेत्रीय महाधिवेसन प्रतिनिधिमा चुनिएका छन् । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेल केन्द्रीय महाधिवेसन प्रतिनिधि र छोरा नरेश कंडेल प्रदेश महाधिवेसन प्रतिनिधि निर्वाचित भएका छन् । कंडेल देउवा पक्षका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->