बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

कास्की कांग्रेसमा २ हजार २५ मतदान

कास्की कांग्रेसमा २ हजार २५ मतदान


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७८, शनिबार

पोखरा/नेपाली कांग्रेस कास्कीको अधिवेशनमार्फत नयाँ नेतृत्व छान्न भएको निर्वाचनमा २ हजार २५ मत खसेको छ । निर्वाचन समितिका सदस्य प्रकाश शर्माका अनुसार २ हजार ८० मतदाता रहेकोमा ५५ मतदाताले मतदान गरेनन् ।
नेपाली कांग्रेसको विधान अनुसार जिल्ला अधिवेशनमा पार्टीको वडा सभापति, क्षेत्रीय,महाधिवेशन र प्रदेश प्रतिनिधिले मतदान गर्न पाउँछन् । यस्तै, स्थानीय तहका सभापति र मौजुदा जिल्ला कार्यसमितिले पनि पार्टीको जिल्ला अधिवेशनमा मतदान गर्न पाउँछन् ।

शुक्रबार भएको मतदानमार्फत् सभापतिमा उम्मेदवार हुनेले ५१ प्रतिशत मत ल्याउनुपर्छ । कास्की कांग्रेसमा सभापतिका ५ जना आकाँक्षी छन् । शुक्रबार भएको मतदानमार्फत ५ जना आकांक्षीमध्ये एक जनाले ५१ प्रतिशत वा त्यसभन्दा बढी मत ल्याउने उम्मेदवार सभापतिमा निर्वाचित हुनेछन् ।

कांग्रेस कास्कीको सभापतिका लागि आइबहादुर गुरुङ, किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, पोषनाथ शर्मा र गिरीराज गौतम उम्मेदवार छन् । शुक्रबार भएको निर्वाचनमा यी पाँच जनामध्ये कसैले पनि ५१ प्रतिशत वा त्यो भन्दा बढी मत ल्याउने सम्भावना कम रहेको छ ।
सभापति शेरबहादुर देउवा पक्षबाट प्यानलसहित सभापति उम्मेदवार किशोरदत्त बराल छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट बाँकी चारजना उम्मेदवार छन् । देउवा पक्ष एउटै प्यानल बनाएर निर्वाचन लडे पनि निर्वाचित हुने सम्भावना कम छ । कास्कीमा बरिष्ठ नेता पौडेल पक्षीय नेता कार्यकर्ताको बाहुल्यता भएकाले देउवा ५१ प्रतिशत वा त्यो भन्दा बढी मत जाने सम्भावना कम छ ।

यता,वरिष्ठ नेता पौडेल पक्षबाट ४ जना सभापतिका आकाँक्षी भएकाले मत बाँडिएको छ । यी चार जनामध्ये कसैले पनि ५१ प्रतिशत मत पु¥याउन नसक्ने कांग्रेस कास्कीका नेताहरुले आँकलन गरेका छन् । सभापतिका यी ५ जना उम्मेदवारले नै ५१ प्रतिशत मत ल्याउन सकेनन् भने फेरि निर्वाचन गराउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले उम्मेदवारहरुसँग परामर्श गरेर पहिला सभापति पदको मात्र मत गणना गर्ने र दोस्रो चरणमा निर्वाचन गराउन आवश्यक परे शनिबार नै निर्वाचन गराउने तयारी गरेको छ । शुक्रबार भएको निर्वाचनमा सभापति पदमा कसैले पनि ५१ प्रतिशत मत ल्याएनन् भने सबैभन्दा धेरै मत ल्याउने २ जना उम्मेदवारवीच मात्र दोस्रो चरणको निर्वाचनमा प्रतिष्पर्धा हुने निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणमा जाने अवस्थामा सभापतिका उम्मेदवार किशोरदत्त बराल, आइबहादुर गुरुङ र सुदीपमोहन गुरुङमध्ये २ जनावीच प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।

कांग्रेसको विधानमा सभापतिका लागि ५१ प्रतिशत मत आवश्यक परेपनि अन्य पदाधिकारी र कार्यसमिति सदस्यमा भने धेरै मत ल्याउने नै विजयी हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->