बागलुङ/ नेकपा (एकिकृत समाजवादी) काठेखोला गाउँपालिका–३ धम्जाको भेलाले सुन्तली बिकको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन गरेको छ । शनिबार सम्पन्न भेलाले बिकलाई नेतृत्व प्रदान गरेको हो । कमिटिको बरिष्ठ उपाध्यक्षमा दिपबहादुर घर्ती, उपाध्यक्षमा लक्ष्मण छन्त्याल, सचिवमा चित्रबहादुर घर्ती, उप–सचिवमा भीम हमाल र चन्द्रबहादुर छन्त्याल निर्विरोध निर्वाचित भएका छन् ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इञ्चार्ज श्रीप्रसाद शर्माले नयाँ उत्साहका साथ गठन भएको पार्टीमा नयाँ लहर आईरहेको बताए । जिल्ला अध्यक्ष लालबहादुर थापाले संगठित सबैलाई नयाँ सोँचका साथ संगठन बिस्तारमा लाग्न आग्रह गरेका थिए ।





