बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका सात पालिकामा माओवादीको नयाँ नेतृत्व

बागलुङका सात पालिकामा माओवादीको नयाँ नेतृत्व


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७८, आइतबार

बागलुङ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशन अन्र्तरगत बागलुङका सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवारबाट सुरुभएको पालिका अधिबेशनबाट जिल्लाका सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

बागलुङ नगरपालिकामा इन्द्र केसी (पारस)को अध्यक्षतामा नगर कमिटि गठन भएको हो । कमिटिको सचिवमा राजु खड्का चयन भएका छन् । जैमिनी नगरकमिटिको अध्यक्षमा झमन पाण्डे र सचिवमा सोभाप्रसाद शर्मा, ढोरपाटन नगरकमिटिको अध्यक्षमा भीम गौतम र सचिवमा बिर बहादुर घर्ती चयन भएको माओबादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले बताए ।

निसीखोला गाउँकमिटिको अध्यक्षमा कुविर बिक र सचिवमा कुशल बुढा, ताखोला गाउँकमिटिको अध्यक्षमा दिवस खत्री र सचिवमा फुलमायाँ पुन, काठेखोला गाउँकमिटिको अध्यक्षमा कृष्ण थापा र वडिगाड गाउँकमिटिको अध्यक्षमा मिलन रेश्मी र सचिवमा बिरेन्द्र बुढा चयन भएका छन् । शनिवारनै अधिवेशन उद्घाटन भएको गलकोट र तमाखोलमा आईतबार मात्रै बन्दसत्र भएको छ । बरेङ गाउँकमिटिले भने मङ्सिर १८ गतेका लागि भेला बोलाएको छ । ‘पार्टीको बिधान अनुसार समावेशी कमिटि बनेका छन्’ गैरेले भने, ‘दलित, जनजाती, महिला र युवाको उत्साहजनक सहभागिता रहेको छ ।’ यो पटक माओवादीले दलीत १५ प्रतिशत, महिला ३५ प्रतिशत र युवा समेत अनिवार्य सहभागि रहने गरी कार्यसमितिको कोटा तोकेको जिल्ला इन्चार्ज बलाबती शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->