बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जसपाको जैमिनीको अध्यक्षमा खेमराज

जसपाको जैमिनीको अध्यक्षमा खेमराज


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७८, आइतबार

बागलुङ/ जनता समाजबादि पार्टी (जसपा) नेपालको जैमिनी नगरपालिकामा सम्पन्न बिस्तारित बैठकले खेमराज पौडेलको अध्यक्षतामा २५ सदस्यीय नगर किमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा मिलन थापा र सुर्य शाही चयन भएका छन् । सचिवमा बिष्णुराज बिक, कोषाध्यक्षमा साबित्रा छन्त्याल र अन्य सबै सदस्यमा चयन भएको जिल्ला अध्यक्ष चित्र सापकोटाले बताए ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सापकोटाले राजनीतिमा युवा पुस्ताको आकर्षण लोभलाग्दो रहेको बताए । नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सापकोटाले संगठन बिस्तार अभियानमा लाग्न आग्रह गरे । जिल्लाका सबै स्थानीय तहमा पार्टीले संगठन निर्माण र पुर्नगठन गर्ने सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->