बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस बागलुङको सभापतीमा जीत शेरचन

कांग्रेस बागलुङको सभापतीमा जीत शेरचन


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०७८, मंगलबार

बागलुङ/ नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मत परिणाम अन्र्तगत जीत शेरचनले ८ सय ७३ मत प्रप्त गरे । उनका प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्याले ७ सय ६८ मत प्राप्त गरे ।
शनिबार भएको मतदानमा तीन जना उम्मेदबार मध्ये कसैलेपनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी दोर्ण कुँवर निर्वाचनबाट बाहिरीएका थिए । त्यपछि शेरचन र उपाध्याबीच पुन निर्वाचन भएको थियो ।

जिल्ला उपसभापतिमा सागर छन्तयाल र तारानाथ पौडेल बिजयी भएका छन् । छन्त्यालले ७ सय ८७ र पौडेलले ७ सय ४७ मत प्राप्त गरे । यस्तै सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी निर्वाचित भए । शर्माले ९ सय ८ र अधिकारीले ७ सय ७ मत प्राप्त गरे ।

यस्तै सह सचिवमा फम बहादुर खत्री र ज्ञान कुमारी शर्मा श्रीस विजयी भए । खत्रीले ८ सय ५५ र ८ सय ८० मत प्राप्त गरेर बिजयी भएको निर्वाचन अधिकृत बिष्णु प्रसाद शर्माले बताए । उपाध्यय बरिष्ठ नेता रामचन्द्र पौडेल र शेरचन संस्थापन पक्षबाट चुनावी मैदानमा थिए । शेरचन बाहेक सचिवमा बिजयी गण्डकी थापा अधिकारी संस्थापन पक्षकी हुनभने सह–सचिवमा निर्वाचित फमबहादुर पनि संस्थापन पक्षका हुन् । जिल्ला सदस्यमा भने अधिकांश पौडेल प्यानलबाट चुनावी मैदानमा होमिएकाहरुले जितेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->