शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दी जीप दुर्घटना : ‘दुई बल्ड्याङ खाँदासम्महोसमा थिएँ’

म्याग्दी जीप दुर्घटना : ‘दुई बल्ड्याङ खाँदासम्महोसमा थिएँ’


  • हरिकृष्ण गौतम
  • मंसिर १५ २०७८, बुधबार

बेनी/म्याग्दीको सदरमुकाम बेनीबाट उत्तरी म्याग्दीको रघुगंगगा गाउँपालिका–१,बेगखोलाको सिम गाउँमा जाँदै गरेको ग१ज ७२ ५१ नम्बरको बोलेरो जीप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना भयो । सोमबार दिउँसो करिब पौने ५ बजे अनियन्त्रित भई सडकबाट चालक सहित ८ जना सवार जीप सडकभन्दा करिब १ सय ५० मिटर तल खसेर घाईते भएका स्थानीय यूवा ज्ञानबहादुर शेरर्बुजाले दुई बल्ड्याङ खाँदासम्म होसमा भएपनि त्यसपछि बेहोस भएको बताए। ‘दुर्घटनास्थलमा समयमै सवारीसाधन पुगेन,‘एउटा एम्बुलेन्स बाटोमै फस्यो’ घाईते शेरर्बुजाले भने ।

तत्कालै घाईतेको उद्धार हुन सकेको भए धेरै मानवीय क्षती हुने अवस्था नभएको बताए ।‘उद्धारमा खटिएको टोली नै ढिलो पुग्यो,‘गाउँमा एम्बुलेन्स नहुदाँ दुर्घटनामा गाउँले ज्यान गुमाउनुप¥यो’ उनले भने । उनले उद्धारमा खटिएकाहरूको सहयोगमा जसोतसो अस्पतालमा आएपछि मात्रै बाचिन्छ भन्ने आश पलाएको बताए । जीपभित्र घाईते यात्रुहरु चिच्याइरहेको अवस्थामा आकस्मिक उद्धारका लागि स्ट्रेचर लगायतको आवश्यक उपकरणको अभावका कारण समयमै उद्धार नभएको बताए । सदरमुकाम बेनीबाट करिब १५ किलोमिटर नजिक भएको दुर्घटनामा घाईतको उद्धारकार्यमा ढिलाई हुदाँ मानवीय क्षती भएको छ । दुर्घटनापछि नेपाल प्रहरी, रेडक्रस सोसाईटी, स्थानीयबासीलाई बेनी अस्पतालसम्म ल्याउन ३ घण्टा भन्दा बढी लागेको थियो ।

जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र २ जनाको बेनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो भने गम्भीर घाईते अवस्थामा उद्धार गरिएकी वडा सदस्य गौमायाँ विक, सवारी चालक दुतबहादुर थापाले समयमै उद्धार नहुदाँ ज्यान गएको उद्धारमा खटिएको टोलीको भनाई छ । दुर्घटनामा गम्भीर घाईते ३ जनाको पोखराको मणिपाल अस्पताल र १ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। ‘समयमै प्राथमिक उपचार नपाउदाँ समस्या भयो,‘घटनास्थलबाट सकेसम्म छिटो स्वास्थ्य संस्थामा ल्याउनुपर्छ’ उपचारमा खटिएका एक चिकित्सकले भने ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले खवर आएलगत्तै प्रहरीको जनशक्ती पुग्ने गरेपनि आवश्यक दुर्घटनास्थलमा एम्बुलेन्स सहित अक्सिजन लगायतका आपतकालिन उपकरणहरूको अभावले उपचारमा समस्या हुने गरेको बताए । साँधुरो बाटोमा रहेको घुम्तीका कारण दुर्घटना भएको बताए । उनले साँझ र रातीको समयमा उद्धारमा कठिनाई हुने गरेपनि म्याग्दीमा उपकरणको अभावले थप समस्या हुने गरेको बताए । भौगोलिक रुपमा विकट म्याग्दीमा हुने सडक दुर्घटनाका घाईतले समयमै उपचार नपाउँदा समस्या हुने गरेको छ । कच्ची सडकमा बर्षेनी दुर्घटना हुने भएपनि आपत्कालिन उद्धार सहितका दस्ता तथा उपकरणको अभावले समस्या हुने गरेको उद्धारकार्यमा खटिएको टोलीको भनाई छ ।

गाउँपालिकाको राहत

बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएकाको आफन्त र घाईतेहरुको उपचारमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । सवारी चालक र वडा सदस्य सहित दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ४ जना घाईते भएका छन् । मृतक चार जनाकै घरपरिवारलाई आफ्नो परम्परा अनुसार काजकिरियाका लागि रु ५० हजारका दरले र घाईतेहरुको उपचारमा लाग्ने खर्चमध्ये जनही रु १ लाख सम्म गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ बेगका स्थानीय खिम पुन, खिमानन्द शर्मा, चालक दुतबहादुर थापा, र वडा सदस्य गौमायाँ विश्वकर्माको मृत्यु भएको थियो ।

दुर्घटनामा घाईते भएका ४ जनालाइ बेनी अस्पतालबाट थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा रेफर गरिएको छ ।यसैबिच दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शोकमा मंगलवार गाउँपालिकाले गाउँपालिका, वडा कार्यालय, सेवा केन्द्र, र अत्याबश्यक बाहेकका स्वास्थ्य सेवाको कामकाज बन्द गरिएको छ भने वडा नम्बर एकमा विद्यालयहरु समेत बन्द गरिएको प्रमुख प्रशासयिक अधिकृत अमृत सुवेदीले बताए । मंगलवार गाउँपालिकामा एक कार्यक्रम गरि दुर्घटनामा परेर ज्यान गुमाएका वडा सदस्य सहित चार जनाको तस्बिरमा माल्यार्पण गरेर दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा समेत गरिएको छ । गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत सुवेदी, वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, ३ का अध्यक्ष जिवन मल्ल, ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, ८ का अध्यक्ष गमान छन्त्याल लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीले समेत ज्यान गुमाएकाहरुको तस्बिरमा फुलमाला लगाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->