शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बलेवाको एकै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण

बलेवाको एकै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०७८, बिहिबार

बागलुङ – कोरोनाको नयाँ भेरियन्टको त्रास बढिरहेको वेला जिल्लाको दक्षिणभेगको एक विद्यालयका २५ जना विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टी भएको छ । बिहिवार गरिएको दक्षिण वलेवाको एकै बिद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए। कोरोनाको लक्षणपछि ८२ जना विद्यार्थीको परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । २५ जनामा संक्रमण पुष्टी भएपछि सो विद्यालय विहिवारदेखि नै वन्द गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार विद्यालयमा शुक्रबार थप विद्यार्थीको कोरोना परीक्षण गरिने छ ।
समुदायस्तरमा बिहीबार नै तीन जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। विद्यालय भएको समुदायको तीन जनामासमेत कोरोना पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ। त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना सङ्‍कट व्यवस्थापन समितिले आवश्यक निर्णय गर्ने जनस्वास्थ्य निरीक्षक घिमिरेले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->