पोखरा – नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको ११४६ मत मध्ये १ हजार मत गणना हुँदा सभापतिका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ५३२ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले ४६३ मत पाएका छन् ।






