बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

गण्डकी कांग्रेस सभापतिमा शुक्रराज शर्मा जीत नजिक

गण्डकी कांग्रेस सभापतिमा शुक्रराज शर्मा जीत नजिक

सत्तामा हुनेहरु नै पार्टी नेतृत्वमा हावी


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७८, आइतबार
नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा । तस्वीरः ढोरपाटन

पोखरा – नेपाली कांग्रेस गण्डकीका सभापतिमा शुक्रराज शर्मा विजयी बनेका छन् । शनिबार सम्पन्न मत गणना जारी छ । समाचार तयार पार्दासम्म सभापतिका प्रत्यासी शुक्रराज शर्मा झिनो मतले अगाडि छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका शुक्रराजले आफ्ना प्रतिष्पर्धी संस्थापनपक्षीय अर्जुन जोशीलाई १५ मतले पछाडि पारेका हुन् । बिहान पाँच बजे ९ सय मत गणनाको परिणाम सार्वजनिक हुँदा शुक्रराजले ४७० र अर्जुनले ४२५ मत प्राप्त गरेका छन् । चुनावमा ११ सय ४६ मत खसेको थियो ।
राष्ट्रिय सभाको सदस्यबाहेक राजकीय पद नपाएका शुक्रराज सभापति बन्दा अन्य पदाधिकारीमा भने अधिकांश सत्तामा रहेकाहरु हावी भएका छन् । उपभासभापतिमा गण्डकीका मन्त्री मेखलाल श्रेष्ठ र उपमेयर कल्पना तिवारी, महासचिवमा गण्डकीकै मन्त्री कुमार खड्का तथा सहमहामन्त्रीमा मेयर रमेशकुमार पाण्डे विजयी बने । सभापतिमाजस्तै अन्य पदाधिकारीमा पनि कडा प्रतिष्पर्धा देखियो । शुक्रराजको प्यानलबाट मैदानमा उत्रिएकी स्याङ्जाकी कल्पनाले अग्रता लिँदा संस्थापनपक्षीय स्याङ्जाकै मेखलाल श्रेष्ठले उनलाई पच्छयाए । उनी गण्डकीका सामाजिक विकासमन्त्री पनि हुन् भने महासचिवमा गण्डकी सरकारका प्रवक्ता मन्त्री कुमार खड्का अगाडि छन् । उनलाई गोरखाका किरणबाबु श्रेष्ठले पच्छ्याएका हुन् । खड्का संस्थापन तथा किरणबाबु पौडेल पक्षधर हुन् । महिलातर्फको सहमहामन्त्रीमा शुक्रराजको प्यानलकी कोपिला रानाभाटले गण्डकीकी सांसद ओमकला गौतमलाई झिनो मतले पछि पारेकी हुन् । पुरुषतर्फको सहमहामन्त्रीमा लमजुङका रमेशकुमार पाण्डे अगाडि छन् । मध्यनेपाल नगरपालिकाका मेयर पाण्डेलाई रामचन्द्र जोशीले पच्छ्याएका छन् । पाण्डे र पर्वतका जोशी दुबै शुक्रराजको प्यानलबाट मैदानमा उत्रेका थिए ।
गण्डकी वरिष्ठ नेता रामचन्द्र पौडेलको पकड क्षेत्र हो । १४ औं महाधिवेशनको क्रममा भने यो सभापति शेरबहादुर देउवा यो क्षेत्रमा हावी हुँदै गएको देखिएको छ । सभापतिमा पौडेल पक्षधर शुक्रराज विजय भएपनि अन्य पदमा देउवा समूहका उम्मेदवारले जितेका हुन् ।
प्रदेश उपसभापतिमा जोशी प्यानलबाट मेखलाल श्रेष्ठ र नेत्र महत तथा शर्मा प्यानलबाट कल्पना तिवारी र हरिकुमार श्रेष्ठ उम्मेदवार रहेका थिए । यस्तै, महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र इश्वर पाण्डे एवं शर्मा प्यानलबाट विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ मैदानमा उत्रिएका थिए । सहमहामन्त्रीमा जोशी प्यानलबाट राजनराज पन्त र झुलबहादुर आले तथा शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे उम्मेदवार थिए । महिला सहमहामन्त्रीमा जोशी प्यालनबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाटले उम्मेदवार बनेका हुन् ।कांग्रेसले प्रदेशमा पनि सभापति १ जना, उपसभापति, २ जना, महामन्त्री २ जना र १ जना महिलासहित सहमहामन्त्री ३ जना हुने व्यवस्था छ ।

को हुन् शुक्रराज शर्मा ?
कास्कीको सल्यानमा जन्मेका शुक्रराज शर्मा नेपाली कांग्रेस कास्कीको २०४५ देखि २०६१ सालसम्मका सभापति हुन् । कांग्रेसको तर्फबाट २०४८ र २०५१ सालमा कास्की क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवार बनेका उनी दुबैपटक पराजीत भएका थिए । २०७४ सालको संसदीय निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट चुनाव पनि उनलाई फापेन । राष्ट्रिय सभाका सांसद रहेका उनलाई चुनाव नफाप्ने नेताको रुपमा चिनिन्छ ।
कास्की कांग्रेसका पर्याय मानिने शुक्रराज नेपाली कांग्रेसको १३ औ महाधिववेशमा पुनः कास्की कांग्रेसकै सभापतिका प्रत्यासी थिए । तर, उनी तत्कालीन सचिव कृष्ण केसीसँग हार्न पुगे । निरन्तरता उनको विशेषता हो । नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यसम्म बनेका उनी आफै आयोजक रहेको पोखरा महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजीत भएका थिए । नेपाली कांग्रेसमा कोइराला परिवारसँग नजिक रहेका उनलाई पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गण्डकी सभापतिको उम्मेदवार बनाएको हो । सभापति भएसँगै आसन्न चुनावमा कांग्रेसलाई जिताउने अभिभारा यी पाका नेताको काँधमा आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->