
पोखरा – नेपाली कांग्रेस गण्डकीको सभापतिमा शुक्रराज शर्मा विजयी बनेका छन् । आईतवार विहान प्राप्त मतगणनाको अन्तिम परिणाममा शर्मा ६१२ मत लिई विजयी बनेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका शुक्रराजले आफ्ना प्रतिष्पर्धी संस्थापनपक्षीय अर्जुन जोशीलाई ८४ मतले पछाडि पारेका हुन् ।






