बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पौडेल पक्षीय शुक्रराज सभापति हुँदा गण्डकीका मन्त्री खड्काले हारे चुनाव

पौडेल पक्षीय शुक्रराज सभापति हुँदा गण्डकीका मन्त्री खड्काले हारे चुनाव


  • ढोरपाटन संवाददाता
  • मंसिर १९ २०७८, आइतबार
नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा । तस्वीरः ढोरपाटन
पोखरा – नेपाली कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा ८४ मतले विजयी भएका छन् । शर्माले ६१२ मत ल्याउँदा उनका प्रतिष्पर्धी पर्वतका अर्जुन जोशीले ५२८ मत पाए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय शर्मा विजयी हुँदा गण्डकी सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का महामन्त्रीमा पराजित भएका छन् ।
खड्का संस्थापनपक्षीय सभापतिका प्रत्यासी अर्जुन जोशीको प्यानलबाट महामन्त्रीका प्रत्यासी थिए । उनले ५५६ मत मात्रै प्राप्त गरे । महामन्त्रीमा विजयी विष्णुप्रसाद लामिछानेले ५६७ मत प्राप्त गरी विजयी भए ।उनी नवलपुरका हु्न् ।
२ महासचिवमध्ये किरणबाबु श्रेष्ठले ५७३ मत प्राप्त गरे । प्रवक्ता कुमार पराजित हुँदा उनकै समूहबाट उपसभापतिका प्रत्यासी रहेका गण्डकीका सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ भने विजयी भएका छन् । मेखलालले ५४८ मत पाए । उनका प्रतिद्वन्द्वी बागलुङका हरिप्रसाद श्रेष्ठले ५४८ मतमा चित्त बुझाए । २ जना उपसभापतिमा स्याङ्जाकी कल्पना तिवारीले ६२४ मत प्राप्त गरिन् ।
सहमहामन्त्रीमा महिलातर्फ कास्कीकी कोपिला रानाभाट ५५२ मतसहित विजयी बनिन् । उनकी प्रतिष्पर्धी गण्डकी सांसद ओमकला गौतमले ५१४ मत ल्याइन । ओमकला संस्थापन पक्षीय हुन् । बाँकी २ सहमहामन्त्रीमा लमजुङका रमेशकुमार पाण्डे र पर्वतका रामचन्द्र जोशी विजयी बने । पौडेलपक्षीय उनीहरुले क्रमशः ६१८ र ५६९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->