बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पुसको अन्तिम साता ११ औं पोखरा महोत्सव

पुसको अन्तिम साता ११ औं पोखरा महोत्सव


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०७८, मंगलबार
फाईल फोटो

पोखरा/ एघारौ पोखरा महोत्सव आगामी पुसको २८ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाइटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । कोभिड १९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन ।

सोमबार बसेको क्लवको बैठकले क्लवका अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति संयोजक रहने गरी ४१ वटा उपसमितिहरु गठन गरेको छ । कार्य सम्पादन उपसमिति संयोजकमा क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अतिथि व्यवस्थापन उपसमितिको संयोजकमा क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजकमा क्लवका प्रथम उपाध्यक्ष लोक बहादुर थापा, सचिवालय उपसमिति संयोजकमा क्लवका द्धितीय उपाध्यक्ष गणेश तिमिल्सिना, प्रचारप्रसार उपसमिति संयोजकमा क्लवका महासचिव शान्तबहादुर थापा, अर्थ ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका कोषाध्यक्ष सूर्यबहादुर बाँनिया, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सचिव दीनेश सुनार, स्टल ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सहकोषाध्यक्ष पूर्णकला पोख्रेल, खाजा खाना ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य सीमा गुरुङ, बाल उद्यान उपसमिति संयोजकमा क्लवका सदस्य सन्तोष कार्की, ब्यानर ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य जयराम आचार्य, अवार्ड तथा मायाको चिनो ब्यवस्थापन संयोजकमा क्लवका सदस्य दिवानी सुवेदी, मुलद्धार ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य बिष्णुकुमार गुरुङ, टिकट ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य पूर्णकुमार श्रेष्ठ, अतिथि सत्कार संयोजकमा क्लवका सदस्य चन्द्रा कुमारी पराज्ुली, स्वयंसेवक परिचालनमा क्लवका सदस्य शिव थापालाई चयन गरिएको मिडिया संयोजक गीता रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->