शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

अभियन्ता प्रेन्सा ‘चाइल्ड प्रोडिजी अवार्ड्’मा छनोट

अभियन्ता प्रेन्सा ‘चाइल्ड प्रोडिजी अवार्ड्’मा छनोट


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७८, बुधबार

बेनी / म्याग्दीको मंगला गाउँपालिका१ कुहुँ पूर्णगाउँकी बाल अभियन्ता प्रेन्सा रेग्मीलाई ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि विश्वबाट सय बाल प्रोडिजीमा छनोट भएकी छन् ।
विश्वभरका ६८ भन्दा बढी देशहरूका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रतिभावान एवं बाल सामाजिक अभियन्ता रेग्मी छनोट भएकी हुन् । सामाजिक कार्यमा सक्रिय रहेकी रेग्मीलाई संस्थाका अध्यक्ष तथा कार्यकारी प्रमुख प्रशान्त पाण्डेले अवार्डमा छनोट भएको पत्र पठाउँदै बधाइदिएका छन् । पोखरामा बसेर अध्ययनरत प्रेन्सा सानै उमेरबाट सामाजिक कार्यमा सक्रिय छिन् ।

उनले अहिलेसम्म थुप्रै सामाजिक अभियान चलाइसकेकी छन् । कोरोना महामारीमा मास्क अभियान,फुड बैंक,बुक बैंक,सरसफाई अभियान,१६ वर्ष मुनिका बालबालिकालाई मद्यपान,धुम्रपान सेवन नगर्न र बिक्रीवितरण नगर्ने अभियान लगायत अभियानबाट चर्चामा आएकी हुन् । उनले पछिल्लो समय दिएका अन्तर्वार्ताको समेत निकै चर्चा हुने गरेको छ । बालिकामाथि हुने हिंसा,बलात्कारका घटना न्यूनीकरण गर्न कडा कानुन बनाउनुपर्ने लगायतका माग राखेर उनले विभिन्न निकायमा समेत ज्ञापनपत्र समेत बुझाएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->