बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुज अभियान लिएर गाउँघर डुल्दै भट्टराई

सुज अभियान लिएर गाउँघर डुल्दै भट्टराई


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७८, आइतबार

वडा कमिटीकार्यालय उद्घाटनमा भट्टराईले कुनै सम्बोधन गरेनन् । तर, पार्टीका कार्यकर्ताले प्रस्तुत गरेको हाउभाउले ‘जसपा अब निर्वाचनमा होमिएको छ है !’ भन्ने सन्देश स्पष्ट प्रवाह भएको थियो ।

तनहुँ/हिजोआज पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संघीय राजधानी काठमाडौंमा कमै भेटिन्छन् ।उनी कहिले गृह जिल्ला गोरखाका ग्रामीण भेगतिर भेटिन्छन्, त कहिले दाङ, बुटवलतिरका कार्यकर्ताको साथमा ।
जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले नियमित जसो जनताको घरदैलो चाहार्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् । उनी सामाजिक सञ्जालमा सक्रिय रहेका एक नेता पनि हुन् ।स्टाटस, ट्विटकै आधारमा उनी चर्चाको विषय बनिरहन्छन् ।

सामाजिक सञ्जालमा समर्थनभन्दा बढी आलोचनाको केन्द्र बनेका उनै पूर्वप्रधानमन्त्री भट्टराईपछिल्लो समय पार्टीको संगठन सुदृणिकरण तथा जनपरिचालन ‘सुज’ अभियान लिएर देश दौडाहमा निक्लिएका हुन् । यही अभियान लिएर उनी बिहीबार साँझ तनहुँ आए ।

तनहुँमा भट्टराईले शुक्लागण्डकी नगरपालिका९, घारी मालेबगरमा एक रात दलित समुदायको घरमा बिताए । पत्नी हिसिला यमीसहित आएका भट्टराईले आकाश नेपालीको घरमा एक रात बिताएका हुन् । तत्कालीन समयमा बलावाला प्रधानमन्त्री रहेकै बखत पनि उनी दलितको घरमा बास बसेका थिए ।

स्थानीय नेता कार्यकर्ताको हुल लिएरपुगेका भट्टराई दलित समुदायको घरमा बसेपनि बिहीबार साँझ र शुक्रबार बिहानको खानापानको व्यवस्था भने पार्टीले नै गरेको थियो । बिहीबार साँझ डा. भट्टराईले शुक्लागण्डकी नगरपालिका९ मा जनता समाजवादी पार्टी वडा कमिटीको कार्यालयको उद्घाटन गरे ।

वडा कमिटीकार्यालय उद्घाटनमा भट्टराईले कुनै सम्बोधन गरेनन् । तर,पार्टीका कार्यकर्ताले प्रस्तुत गरेको हाउभाउले ‘जसपा अब निर्वाचनमा होमिएको छ है !’भन्ने सन्देश स्पष्ट प्रवाह भएको थियो ।
शुक्रबार बिहान डा भट्टराई र गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले शुक्लागण्डकीका दुई स्थानमा जनभेटघाट र छलफल गरे । शुक्लागण्डकी नगरपालिका८, लालिममा भएको जनभेटघाट डा भट्टराईले जनताको समस्या जनताको घरदैलोमा पुगेर बुझ्नलाई आफूले अभियान चलाएको सुनाए ।

भट्टराईले यो देशलाई समृद्धिको यात्रामा लैजान पुराना शक्तिले नसक्ने टिप्पणी गरे । केपी ओलीले पञ्चायत शैली देखाइरहेको उनको आरोप थियो ।देश र जनताका लागि त्याग र बलिदानी गरेको माओवादी पनि ओलीकै पछाडि लागेको उनले समीक्षा गरे ।

अपुरो संविधानलाई पूर्णता दिँदैदेशको विकास र सम्बृद्धिको भोकलाई पूरा गर्ने लक्ष्यका साथ संघीय समाजवादी पार्टी अगाडी बढेको भट्टराईको दाबी छ । ‘हामीले रिस उठेर भाग नपाएर त्यसै यो अभियानमा हामी हिँडेको होइन । हामीले बुझेर सचेतन ढंगले फेरि एक पटक दुख गर्नुपर्छ भनेर हामी लागेका छौं,’ उनले भने । ट्रयाक छोडेको राजनीतिलाई ठिक ठाउँमा ल्याउनलाई वैज्ञानिक शक्ति उदाएको उनको जिकिर थियो ।

संघीयताको संरचनालाई सुधार्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । व्यवस्थामा केही त्रुटि भएकाले पनि जनताले बुहमत दिएको केपी ओलीकोसरकार तीन वर्षमै ढलेको भट्टराईले बताए । ‘केपी ओली त एउटा उट्पट्याङ पात्र हुन् । तर व्यवस्थामा केही त्रुटि भएर त भत्कियो । त्यो भनेको पुरानो संसदीय प्रणाली हो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद हुनुपर्छ,’ उनले भने,‘प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू भएसम्म स्थीरता कायम हुँदैन ।’
घारी मालेबगरमा भएको जनभेटघाटमा पनि डाभट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म देशमा स्थीरता कायम नहुने दोहो¥याए । राजनीतिक दलबीच सत्ता तानतान भइरहने उनको जिकिर छ । भ्रष्टचार नियन्त्रणका लागि अख्तियार सक्षम नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->