बागलुङ/ नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्य समिति बागलुङको अध्यक्षमा दामोदर शर्मा पौडेल चयन भएका छन् । परिषदको दोस्रो जिल्ला अधिबेशनले पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विद्यालय कर्मचारीहरुलाई एकजुट बनाउने र संघिय तथा जनमुखी सरकारको दायित्व, आम विद्यालय कर्मचारीको पेशागत स्थायित्वका लागि परिषदले काम गर्ने छ ।
द्यिालय कर्मचारीहरुलाई अन्य शिक्षक कर्मचारीभन्दा फरक देख्ने प्रबृत्तिविरुद्धमा परिषदले आवाज उठाउने पौडेलले बताए । परिषदको उपाध्यक्ष प्रेमराज पौडेल (निसीखोला गाउँपालिका) महिला उपाध्यक्षमा शान्ति भण्डारी (काठेखोला गाउँपालिका) सचिवमा अर्जुन सापकोटा, कोषाध्यक्षमा बिनु भण्डारी केसी (काठेखोला गाउँपालिका) र सहसचिवमा बिमल शर्मा ( जैमिनी नगरपालिका) चयन भएका छन् ।
खुला सदस्यहरूमा गणेश थापा, गिता शर्मा, रमादेवि शर्मा, टुल्की देवी कँडेल, कर्ण कुमारी के.सी. सर्वसम्मत रुपमा छनोट भएकाछन् । बाँकी सदस्यहरू स्थानीय तहमा छनौट गरिनेछन् ।





