पोखरा/ ढोरपाटनकर्मी विजय नेपाली नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्दै आएको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत हुने भएका छन् । मन्त्रालयले तोकेको म्यादभित्र प्राप्त १४ आवेदनमध्ये ढोरपाटन दैनिकमा आवद्ध पत्रकार नेपाली उच्च अंकसहित पुरस्कृत हुन लागेका हुन् ।
को ‘खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०७६ अनुसार गठित ६ सदस्यीय छनोट समितिले नेपालीसहित १० जना पत्रकारलाई छनोट गरेको छ । उनलाई नगद र प्रमाणपत्रसहित सम्मा गरिने गरी सोमबारको मन्त्रीस्तरको बैठकले निर्णय गरेको मन्त्रालयका सहसचिव डा कमलप्रसाद पोखरेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
पोखरा १, भीमकालीपाटनका पत्रकार नेपाली ढोरपाटन दैनिकमा २ वर्षदेखि कार्यरत छन् । उनले पोखरामा रही खेलकुदसहित अपराध विधामा कलम चलाउँदै आएका छन् । उनी समावेशीतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पुरस्कृत हुन लागेका हुन् ।





