शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गल्याङमा १११ किसानलाई सम्मान

गल्याङमा १११ किसानलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७८, आइतबार

वालिङ/ गल्याङ नगरपालिकाले शुक्रबार एक सय ११ जना किसानलाई सम्मान गरेको छ । व्यावसायिक रुपमा कृषि कर्ममा लाग्दै आएका किसानलाई नगरपालिकाले सम्मान गरेको हो ।
किसानहरुलाई सम्मान गर्र्दै नगरप्रमुख भुपराज अधिकारीले व्यावसायिक रुपमा कृषि कर्ममा लाग्दै आएका किसानहरुलाई यस क्षेत्रमा लाग्न प्रेणा दिने उदद्देश्यले किसानहरुलाई सम्मान गरिएको बताए । उनले भने, ‘कृषकको सम्मानबिना कृषिका क्षेत्रमा प्रगति हुन्छ भनेर सोच्नु मुर्खता शिवाय अरु केही होइन !’

नगरप्रमुख अधिकारीले कृषकहरुलाई पेन्सनको व्यवस्था गर्ने र त्यसको तयारी स्वरुप नगरपालिका कार्यविधि बनाउने कार्यमा लागिरहेको समेत जानकारी दिए । ‘जीवनभर कृषि पेशामा लागेका कृषकहरुलाई जीवनको उत्तरार्धमा जीवनयापनमा सहजता होस् भनेर कृषक पेन्सनको अवधारणा ल्याएको हो,’ उनले भने ।

कृषि क्षेत्रबाट आत्मनिर्भर, रोजगारी र स्वरोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको अन्त्य गर्ने योजना अनुसार नगरपालिकाले काम गरिरहेको र बिभिन्न समयमा कृषकहरुलाई काममा आधारित अनुदान उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले दुध उत्पादन गरेर बिक्री गर्ने किसानहरुलाई दुधमा प्रति लिटर १५ रुपैयाँका दरले अनुदान दिँदै आएको छ भने गाईभैंसी खरिद गर्नेका लगि समेत किसानलाई अनुदान दिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->