शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बहिरा विद्यार्थी र कर्मचारीलाई पोशाक

बहिरा विद्यार्थी र कर्मचारीलाई पोशाक


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७८, बुधबार

स्याङ्जा/स्याङ्जा मुस्लिम युथ क्लब स्याङ्जाले बहिरा विद्यालयका विद्यार्थी र कर्मचारीलाई विद्यालय पोशाक उपलब्ध गराएको छ ।
पुलतीबजार नगरपालिका–३ मा रहेको चण्डिकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २५ बिद्यालय र ५ शिक्षक÷कर्मचारीलाई स्कुल पोशाक र हाइनेक प्रदान गरेको क्लबका अध्यक्ष सागिर अलीले बताए ।
१० वर्ष अघि स्थानीय समाजसेवी अमिरबक्स मियाले एक रोपनी रोपनी छ आना र स्वर्गीय राम शाहका स्मृतिमा आमा बेलकुमारी शाहीले नौ आना जग्गा निःशुल्क दिएपछि आधारभूत तहको विद्यालय र आवासीय भवन निर्माण भएको हो । कक्षा ५ सम्म अध्यापन गरिने विद्यालयमा २५ जना बहिरा विद्यार्थी अध्ययरत रहेका छन् ।पोशाक प्रदान गर्दै विद्यालय भवन निर्माणका जग्गादाता एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमिरबक्स मियाँले सबैको सहयोगबाट विद्यालय सञ्चालन भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तुलसीराम रेग्मी, स्थानीयबासीहरु कुमबहादुर गुरुङ, श्रीराम उपाध्याय र सीता गोदार, ट्रेड यूनियन कांग्रेसका महासचिव दीर्घनारायण शर्मा, अलि मोहम्मद मियाँ, कमलकान्त उपाध्याय लगायतले फरक क्षमताका बालबालिकाको सहयोगमा सबैको चासो जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->