शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

खुकुरीसहित पसेर प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड

खुकुरीसहित पसेर प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७८, शनिबार
सुवास कार्कीले प्रधानाध्यापक बस्ने कुर्सी र टेवुलमा तोडफोड गर्न प्रयोग गरेका खुकुरी ।

म्याग्दी/ बेनी नगरपालिका–५ डडुवामा रहेको ज्योति आधारभूत विद्यालयमा पढाइ भइरहेको समयमा एक युवकले प्रधानाध्यापकको कार्यकक्ष तोडफोड गरेका छन् ।

शुक्रबार करिब १२ बजे डडुवाका सुवास कार्कीले प्रधानाध्यापक बस्ने कुर्सी र टेवुलमा खुकुरी प्रहार गर्दा शिक्षक र विद्यार्थीहरु भागाभाग भएका थिए । केही शिक्षकहरु कक्षा कोठाबाहिर अतिरिक्त क्रियाकलाप गर्ने नगर्ने विषयमा छलफल गरिरहेका बेला कार्की विद्यालय प्रवेश गरी सिधै प्राधानाध्यापक बस्ने कुर्सी र टेवलमा खुकुरी प्रहार गरेको प्रधानाध्यापक मीनबहादुर खत्रीले बताए ।

खत्रीले भने‚ ‘विद्यार्थीले पढिरहेको अवस्थामा विद्यालयमा आएर खुकुरी नचाउँदा शिक्षक विद्यार्थी भागभाग हुने अवस्था आयो ।’ टेवलमा खुकुरी हानेपछि चार जना शिक्षकले कार्कीलाई समातेर हतियार नियन्त्रणमा लिएका थिए । शिक्षकहरुले हतियार नियन्त्रणमा लिएपछि कार्कीलाई शिक्षकहरुले नै घरमा पुर्‍याएर फर्किएको खत्रीले बताए ।

‘विद्यार्थीले पढिरहेको अबस्थामा आक्रमण गर्ने शैलिमा आएर विद्यालयमा खुकुरी नचाउदा हाम्रो सुरक्षामा समेत चुनौति देखिएको छ’ खत्रीले भने। ‘कलम चल्ने विद्यालयमा खुकुरी चल्दा विद्यार्थीमा नकारात्म असर परेको छ ।’

रक्सी खाएर विद्यालयमा छिरेर खुकुरी तोडफोड गरेको जानकारी आएपछि कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिए । विद्यालयले कार्कीविरुद्ध जाहेरी दिएको र त्यसको विषयमा दुई पक्षलाई नै राखेर छलफलपछि आवश्यक कारबाही अघि बढाउने उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->