स्याङ्जा/ आँधीखोला गाउँपालिकाले वडा नम्बर २ को वडा कार्यालय भवनको निर्माण कार्य थालनी गरेको छ । स्थानीय तह निर्माण पश्चात सँगै धेरै पालिकाका वडा कार्यालय भाडामा बसिरहँदा आँधीखोलाले भने पाचँ वटा वडा कार्यालय बनाएर कामकाज अगाडि बढाएको थियो ।
वडा नम्बर २ मा भवन निर्माण सँगै जिल्लामा रहेका ११ पालिकामध्ये सबै वडामा नयाँ भवन निर्माण गर्ने पालिका आँधीखोला बन्ने छ । आँधीखोला गाउँपालिकाले आफ्नो पालिकाको प्रमुख प्रसासकिय भवन समेत निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ ।
स्थानिय तहको निर्वाचनमा सबै वडा कार्यालयलाई भवन निर्माण गरी ब्यवस्थित गर्ने बाचा पुरा हुन लागेको अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।
चुनावी प्रतिबद्धताअनुसार नै पाँच वडा कार्यालय बनाएको र अबको एक वर्ष भित्र सबै वडा कार्यालय बन्ने बताए । ‘तोकिएको समयमा भवन निर्माण गरेर भवन पालिकालाई हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई आग्रह छ,’ उनले भने ।
वडा कार्यालय निर्माणमा गुणस्तरियता कायम राख्न स्थायिनको सहयोग आवश्यक रहेको बताउदै उपाध्यक्ष शर्मिला देबी पौडेलले निर्माणको रेखदेख र अनुगमनको लागि सबैलाई आग्रह गरे ।
हरेक विकास निर्माणमा जनसहभागिता आवश्यक रहेको बताउँदै पौडेलले जनसहभागिता बिनाको बिकासले सफता हात नपार्ने सुनाए । वडा भवन एक करोड ३९ लाख १६ हजार ६५१ रुपियाँमा बिवेक एन्ड कुवर बिद्यामोहन जेभीले निर्माणको जिम्मा लिएको छ ।
गत साउन १३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७९साउन १३ गते भवन निर्माण गरेर हस्तान्तरण हुने इन्जिनियर प्रकाश पौडेलले बताए । ९९२ स्क्वायर फितमा बन्ने भवन तीन तलामा दुई हल सहित १२ कोठा रहने पौडेलले सुनाए ।





