बागलुङ/नेकपा एमाले बागलुङको नवौं जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीको मंगलबार पदस्थापन भएको छ ।
पदस्थापन कार्यक्रममा पोलिटव्युरो सदस्य मनकुमारी केसी, केन्द्रीय सदस्य गोबिन्द नेपालीसहितका नेताहरुले पदाधिकारीलाई पार्टीको गरिमा बढाउने गरी काम गर्न आग्रह गरेका थिए । उक्त अबसरमा नवनिर्वाचित अध्यक्ष हिराबहादुर केसीले पार्टीको छवि उचो बनाउने, संगठित सदस्य संख्या बढाउने लगायतका योजनामा काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
हालै सम्पन्न अधिवेसनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेसनले लक्ष्मण पुन उपाध्यक्ष, बिष्णु भूषाल सचिव, डम्बर बहादुर श्रीष र गणेशबहादुर थापा उपसचिव निर्वाचित भएका थिए । साथै, अधिवेसनले १ सय ५ सदस्य रहेको जिल्ला कार्यसमिति चयन गरेको छ ।





