शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एक्लो छिन् एजिना !

एक्लो छिन् एजिना !

३ वर्षको छँदा आमाको मृत्यु भएको र ८ वर्षको उमेरमा बुबाको पनि मृत्यु भएपछि पूर्ण एजिना रूपमा बेसहारा छिन् ।


  • हरिकृष्ण गौतम
  • पुष २९ २०७८, बिहिबार
अभिभावकबिहिन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तानकी ८ बर्षिया एजिना पुन । तस्वीरः हरिकृष्ण गौतम

बेनी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका७,हिस्तानकी ८ वर्षीया एजिना पुनका बुबाको कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका७,मंगलाघाटमा निर्माणधीन घरबाट खसेर मृत्यु भयो । घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरे ।

बुबाको दाहसंस्कारमा पुगेकी बालिकालाई आफन्त र छिमेकीले फरक व्यक्तिको परिचय दिएर घर ल्याए । ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने गरेका बुबालाई एजिनालाई खोज्दा संरक्षण गरिरहेकी अञ्जु फगामीले अनेकन बहाना गर्दै बारम्बार सम्झाउने प्रयास गरिन् ।
३ वर्षको छँदा आमाको मृत्यु भएको र ८ वर्षको उमेरमा बुबाको पनि मृत्यु भएपछि पूर्ण रूपमा बेसहारा छिन् ।मानसिक र शारीरिक दुवै समस्याबाट ग्रसित आमाको मृत्युपछि केहीबर्ष बुबा समेत बेपत्ता हुँदाएलिजालाई आफ्नो छोरी मानेर पालेकी अञ्जुले संरक्षणको लागि आवश्यक सहयोगको याचना गरेकी छन् ।

‘मेरो पनि आर्थिक हैसियत बलियो छैन । सबैको साथ र सहयोगले उनको पढाइलाई निरन्तरता दिनुपर्ने अवस्था छ,’अञ्जुले भनिन् । हाल बेनीमै रहेको समाता स्कुलमा कक्षा १ मा अध्ययनरत एलिजाको पुख्यौली सम्पत्ती समेत नभएकाले उच्च शिक्षासम्मको पढाइमा लाग्ने खर्चको आवश्यकता रहेको बताइन्।
विद्यालयका शिक्षकले समेत उचित हेरचाह भएमा बालिकाको पढाइर सक्रियता निकै लोभलाग्दो रहेको बताएकाले समेत अञ्जुलाई भविष्यमा हेरचाह र शिक्षादीक्षामा हुने खर्चको चिन्ताले सताउने गरेको छ ।
मगर जिल्ला समन्वय समितिकी अध्यक्ष डमायामगरले बालिकालाई सहयोगको आवश्यकता रहेको बताइन् ।बालिकाको नाममा बैंकमा खाता खोलेर आर्थिक जम्मा गरी त्यसको ब्याजबाट शिक्षादीक्षा सहित आवश्यक खर्च गर्नुपर्ने बताइन् । हिस्तानबाट स्वदेश तथा विदेशमा रहेकालाई अभियानमा साथ दिन समेत अपिल गरिएको छ।

घरको ठेकेदार जंगबहादुर खत्रीले मृतकको परिवारलाई क्षतिपूर्तिबापत जम्मा ४ लाख दिएर उम्किएको आफन्तको गुनासो छ । निर्माणधीन घरमा कार्यरत मजदुरलाई आवश्यक पर्ने न्युनतम सुरक्षामा समेत ख्याल नगरिएको भन्दै पीडितले १० लाख क्षतिपूर्ति मागेका थिए । अभिभावकको मृत्युपछि बेसहारा भएकी बालिकाको संरक्षणको लागि जिल्लाका सरोकारवाला निकायले समेत बेवास्ता गरेको मृतकका आफन्तको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->