बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘ओली सरकारमा सकारात्मक समाचार आएनन्’

‘ओली सरकारमा सकारात्मक समाचार आएनन्’

पत्रकार दक्ष र व्यावसायिक बन्नुपर्छ ।


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०७८, शुक्रबार

बागलुङ/ एमालेका पोलिटव्युरो सदस्य लिलाबहादुर थापामगरले सत्यतथ्यको अन्वेषण गर्ने पत्रकारको आवश्यक रहेको बताएका छन् । उनले अनुसन्धानमूलक समाचारको लागि दक्ष पत्रकार उत्पादन गर्नुपर्नेसमेत बताए ।

प्रेस चौतारी नेपाल, बागलुङको छैठौ जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले समाचारमा सत्यतथ्य र सन्तुलन आवस्यक पर्ने भन्दै आस्थाको आधारमा पत्रकार बन्न नहुने बताए । उनले पत्रकारले सत्यको खोजी गर्न नसके आम जनताले पनि दुःख पाउने बताए ।
बिचारमा स्पष्ट भएपनि कलम समाउने बेलामा पत्रकार निष्पक्ष हुनुपर्ने भन्दै पत्रकारहरु प्रविधिमैत्री, व्यवसायिक र अध्ययनशील हुनुपर्ने थापाले जोड दिए । उनले नकारात्मक समाचारहरु हावी भएकोले अब सकारात्मक काममा पनि पत्रकारको कलम चल्नुपर्नेमा जोड दिए ।

एमालेकै अर्का पोलिट्ब्युरो सदस्य मनकुमारी केसीले पत्रकारहरुले धेरै मेहेनत गरेपनि केपी शर्मा ओली नेतृत्वको एमाले सरकारमा रहेको बेला सकारात्मक समाचार आउन नसकेको भन्दै पत्रकारको टिप्प्णी गरिन् । उनले धेरै राम्रा कामहरु पत्रकारले देख्न नसकेको पनि बताइन् । ‘सुखी नेपाली, समृद्ध नेपालको अभियानलाई पत्रकारले सकारात्मक लिन सक्नु भएन’ उनले भनिन्, ‘सम्मानित पदका मानिसलाईपनि सम्मानित शब्द दिन नसक्नु पत्रकारको कमजोरी हो ।’ उनले जिल्लाका पत्रकारमा भने एकता र साझा अभियानमा साथ दिने चलन रहेको बताइन् ।

कार्यक्रममा केन्द्रीय सदस्य गोबिन्द नेपाली, एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्मा, गण्डकी प्रदेश अध्यक्ष सुस्मा पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्षहरु हरिनारायण गौतम, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, प्रेस चौतारीका केन्द्रीय सदस्य तारानाथ आचार्य, नेपाल प्रेस युनियनका उपाध्यक्ष संगम घर्ती, प्रगतीशिल पत्रकार संघका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा, प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानिया लगायतले बोलेका थिए ।
अधिवेशनमा हालै सम्पन्न एमालेको अधिवेशनबाट निर्वाचित अध्यक्ष हिराबहादुर केसी, सचिव बिष्णु भुषाल, उपसचिव डम्बर श्रीष र गणेशबहादुर थापा लगायत सदस्य समेतलाई सम्मान गरिएको थियो । त्यस्तै प्रेस चौतारि बागलुङका संस्थापक अध्यक्ष गोविन्द नेपालीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->