शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

४९ वर्षमा घरमै नागरिकता

४९ वर्षमा घरमै नागरिकता


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७८, सोमबार

बेनी/जन्मजात अपांगताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७,हिस्तान औल गाउँका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । परिवारको सहायतामा समेत याताउता गर्न नसक्ने,ओछ्यानमै दिशापिसाव गर्ने ४९ वर्षीय गर्बुजालाई सिडिओ चिरञ्जीवी रानाले घरमै गएर गर्बुजालाई प्रमाणपत्र दिएका हुन् ।
विसं २०२९ सालमा जन्मिनुभएका गर्बुजा जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नागरिकता वितरण गरेको प्रजिअ रानाको बताए । ‘ओछ्यानमै पल्टिएको करिब पाँचदशक पुग्न लागेको रहेछ । जनप्रतिनिधिको अनुरोधमा घरमै पुगेर सेवा दिइयो,’ उनले भने ।
नागरिकताको प्रमाणपत्र नहुँदासामाजिक सुरक्षा भत्ताबाट समेत वन्चित भएपछि अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायामगरले पहल गरेकी थिइन् । विगतमा गाउँमा पुग्दा नागरिकताको गुनासो बारेमा स्थानीय जनप्रतिनिधिले समेत जानकारी गराएपछि नागरिकता बनाउन सहयोग गर्ने प्रतिवद्धता गरेको उपाध्यक्ष मगरको भनाइथियो ।
‘क’ वर्गको अपांगता परिचयपत्र बनाए पनि जिल्ला प्रशासनसम्म पु¥याउन नसक्दा वन्चित भएको अवस्थामा घरमै आएर नागरिकता दिँदासपना जस्तै लागेको सुकलालका बुबा जगबहादुर पुनले बताए । नागरिकता नहुँदा छोरा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकोमा जगबहादुरले बताए ।
यसैबीच यसबर्ष घुम्ती शिविरको कार्यक्रम नभएकाले जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई शारीरिक रुपमा अशक्तलाई घरमै पुगेर नागरिकता दिन सकिने जानकारी समेत प्रजिअ रानाले प्रतिबद्धता जनाए । पूर्णरुपमा अशक्त भएका नागरिकलाई घरदैलोमा पुगेर नागरिकता दिने आफ्नो योजना रहेको समेत प्रजिअ रानाको भनाइथियो । अपांगता भएकी छोरालाई घरमै सिडिओ सहितको टोली आएर नागरिकता प्रदान गरेको भन्दै स्थानीयबासीसमेत खुसी भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->