शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने

बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द हुने


  • हरिकृष्ण गौतम
  • माघ ७ २०७८, शुक्रबार
बेनी–जोमसोम–कोरला सडकको अन्नपूर्ण गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको सडक । तस्वीर सौजन्य सुरेन गुरुङ

बेनी/ राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ । सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातको साधन सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले टाईम कार्ड लागु गरेको हो । गण्डकी प्रदेशको लाइफलाइन कालीगण्डकी कोरिडोर अन्तरगत उत्तर–दक्षिण जोड्ने सडकखण्डको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।

‘साँधुरो सडक भएकाले नियमित आवतजावतको सम्भावना नभएपछि बन्द गरिएको हो,‘तोकिएको समयबाहेक सवारीसाधनलाई गुड्न समस्या हुदैन’ आयोजना प्रमुख प्रजापतिले भने । उनका अनुसार २०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडक बन्द गरिने छ । महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा बिस्तार एवम् स्तरोन्नति गर्नका लागि समय तालिका बनाएको आयोजनाले जनाएको छ ।

सडक निर्माणकै क्रममा आवतजावत गर्न दिदाँ दुर्घटनाको जोखिम समेत भएकाले बन्द अवधिलाई छोट्टाउने गरी काम गर्न अनुरोध गरिएको प्रजिअ चिरञ्जीवि रानाले बताए । सडक बन्द हुदाँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लामा आवतजावतमा समस्या हुने छ । बि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने सडक ७ अर्ब २७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । १ सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुदै कोरला नाकासम्म पर्छ । आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत छ । महभिर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्रे गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो ।

१९ किलोमिटर दुरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाट देखि बेगखोला सम्मको छ किलोमिटर सडकमा गत जेठमा डिबिएसडी प्रबिधिको कालोपत्रे शुरु भएको थियो । बेगखोला देखि नारच्याङ पुल खण्डको अधिकांश भागमा पनि बिस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ । आगामी चैत महिनाभित्र कालोपत्रे गर्ने तयारी सहित कतिपय ठाउँमा सब बेस राखिएको छ ।सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १.२ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्रयाक निर्माण नभएपछि विष्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ६० टन विष्फोटक पदार्थको प्रयोग गरिने भएकाले उक्त क्षेत्रमा समेत अर्को कार्यतालिक बनाएर सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->