शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हिउँ नपग्लिदाँ सिंगो गूर्जा गाउँमा आवतजावत ठप्प

हिउँ नपग्लिदाँ सिंगो गूर्जा गाउँमा आवतजावत ठप्प


  • ढोरपाटन संबाददाता
  • माघ ७ २०७८, शुक्रबार

म्याग्दी/ म्याग्दी जिल्लाको अति विकट मानिने धवलागिरी गाउँपालिका–१,गूर्जामा बाख्लो हिमपातका कारण आवतजावत बन्द भएको छ । समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गूर्जा पुग्ने जंगलमा जमेको हिउँ र निरन्तर भइरहेको हिमपातले लुलाङ हुदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग पूर्णरुपमा ठप्प भएको हो । हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पुरै वडा यातायात सम्पर्क बिच्छेद भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

‘बाक्लो हिउँ जमेर पैदलमार्ग अबरुद्ध बनेको छ,‘चट्टानजस्तै हिउँ नपग्लिदाँ आवतजावतमा समस्या भएको छ’ अध्यक्ष छन्त्यालले भने । उनका अनुसार गएको पुष १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुषको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्गमा समस्या भएपनि तत्काल खाद्यान्न, औषधी लगायतको आपतकालिन आवश्यकताको अभाव नभएको पनि सिकिस्त बिरामी भएमा हेलिकप्टरबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

हेलिकप्टर चार्टरमा डेढ लाखदेखि २ लाखसम्म खर्च गर्नुपर्छ हिमपातले गाउँभित्र समेत स्थानीय घोडाखच्चर र गाइबस्तुको आवत जावत बन्द भएको छ। गुर्जाको जनकल्याण माबीमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो भने वडा,गाउँपालिका, प्रदेश र संघीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभाबित भएको छ ।गाउँपालिकाको वडा नं १ गूर्जा र वडा नं २ लुलाङको सिमाना पर्ने देउरालीमा करिव तीन फिट हिमपात भएको छ ।देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो ।
अनुकुल मौषम नभएसम्म हिउँलाई काट्दै आपतकालिन् ट्याक बनाउन समेत सम्भव नभएको बताइएको छ।

ढोरपाटन शिकार आरक्ष अन्तरगत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटो समेत सञ्चालनमा नभएपछि हिउँले गाउँलेलाई नाकाबन्दी गरेजस्तै स्थानीयको भनाई छ । गूर्जामा हिमपातले आवतजावतमा समस्या हुने भएकाले स्थानीयले तीनमहिनालाई पुग्ने खाद्यान्न अगाडी नै ढुवानी गर्ने गरेका छन् । हिमपातले मंसिर देखि माघ महिनासम्म बालबालिका, बृद्धबृद्धालाई सास्ती हुने गरेको छ । यसैबीच हिमपहिरोले गूर्जाको सुकेलोट्नेमा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको शब अझै फेला परेको छैन् ।
म्याग्दीको धवलागिरी गाउँपालिका–१,गूर्जा जोड्ने पदमार्ग ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->