काठमाडाैं/ प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तीन वटै तहको निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरे ।
सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको अर्ली इलेक्सनको प्रस्तावबारे देउवाले केही बोलेनन् । उनले संसदमा देखिएको अवरोध समाधानका लागि दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए ।
‘संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयहरु अघि बढाइनेछ’ उनले भने ।





