आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मूल्यवृद्धि विरुद्ध नेविसंघ बागलुङ

मूल्यवृद्धि विरुद्ध नेविसंघ बागलुङ


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७८, शनिबार

बागलुङ/ पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध नेपाल विद्यार्थी संघले विरोध गरेको छ । पटकपटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा विद्यार्थी र मजदुर वर्गलाई बढी समस्या हुने भन्दै मूल्य वृद्धि फिर्ता लिन आग्रह समेत गरेका थिए ।

कांग्रेस नेतृत्वकै सरकार भएपनि कांग्रेसकै भातृ संगठनले विरोध गरेको हो । शुक्रबार नेविसंघका जिल्ला सचिव श्रीकृष्ण पौडेलको नेतृत्वमा गएको विद्यार्थी टोलीले प्रशासन गेटमा धर्ना दिएको थियो । ‘हामीले केही समय धर्ना दिएर सांकेतिक विरोध गरेका हौं,’ पौडेलले भने, ‘मूल्यवृद्धिसम्बन्धी विरोध भएकोले सबैले साथ दिए ।’

प्रशासनले पनि धर्नामा कुनै धरपकड गरेन । ‘उहाँहरुले भिड पनि गर्नु भएन, सामान्य विरोध मात्रै गर्नुभयो, त्यसैले कुनै अवरोध गर्नु परेन,’ प्रशासनका एक अधिकृतले भने, ‘विरोध गर्न पाउने अधिकार प्रयोग भयो ।’ प्रशासनले कोरोना संक्रमणको समय भएकोले भिड नगर्न यसअघि नै आदेश जारी गरिसकेको छ ।

विद्यार्थीको अधिकार रक्षाका लागि विरोधका कार्यक्रम ल्याएको पौडेलले बताए । क्याम्पस र बिद्यालयहरु बन्द भएपनि नेतृत्वमा बसेकोले विद्यार्थीको हितमा राज्यले निर्णय लिनुपर्ने माग सहित धर्ना र बिरोध गरेको उनले जानकारी दिए । मूल्य वृद्धि फिर्ता नभए अन्य संघर्षका कार्यक्रम ल्याउने उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->