बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मूल्य वृद्धिमा नेकपा एसको विरोध

मूल्य वृद्धिमा नेकपा एसको विरोध


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७८, आइतबार

तनहुँ/ गठबन्धन सरकारले पोट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा तनहुँमा सत्तापक्ष विद्यार्थी संगठनले नै विरोध जनाएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्वियु जिल्ला कमिटी तनहुँले शनिबार साँझ राँके जुलुस निकाल्दै विरोध जनाएको हो ।

भानुभक्त बहुमुखी क्याम्पस गेटदेखि पृथ्वी राजमार्गको ब्राइटचोकसम्म विद्यार्थी संगठनले राँके जुलुस निकालेको हो । राँके जुलुसमा सहभागी विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरे । विरोधमा गायब भएको २४ लाख खोपको हिसाबकिताव माग गर्दै सिटामोलको कृत्रिम अभाव खारेज गर्न र खाने तेलमा भएको मंगही नियन्त्रण गर्नुपर्ने नारा लगाए ।

राँके जुलुसपछिको कोणसभामा बोल्दै अनेरास्ववियू गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द महतले भ्रष्टचार र लुटतन्त्रविरुद्ध आवाज उठाईरहनुपर्ने बताए । गैरराष्ट्र मनोवृत्तिको सरकारको विरोध गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारको नेतृत्व र विद्यार्थी संगठनको सम्बन्ध ठाडो हैन तेर्सो हुन्छ । यो सरकारमा नेकपा एकिकृत समाजवादी पार्टी पनि सामेल छ,’ उनले भने,‘तर, पनि एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियु सिंगो रुपमा सडकमा उभिएको छ ।’
गरिब जनताले गुजारा चलाउन नसक्ने गरी खाने तेलको मूल्य बढेको समेत महतले सुनाए । ‘पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै छ । त्यसैले हामी विरोधमा उत्रिनु परेको हो’ उनले भनें,

अनेरास्ववियुकेन्द्रीय सदस्य मनोज बानियाँले सरकारले आम जनताको अपेक्षा बमोजिम काम गर्न नसकेको बताए । ‘यो सरकार पनि मंगही बढाउनलाई सफल भएको छ’, उनले अगाडि भने, ‘६ महिने कार्यकालमा यो सरकारले मात्रै मंहगी बढाएको छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->