आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

ओली दम्पती कोरोना संक्रमित

ओली दम्पती कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७८, आइतबार
फाइल तस्विर

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् ।

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । यस्तै, अध्यक्ष ओलीपत्नी राधिका शाक्यमा पनि संक्रमण देखिएको छ ।

कोरोना संक्रमित भएसँगै पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएका छन् ।

यसअघि, एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखर र उपमहासचिव पृथ्वी सुब्बा गुरुङमा पनि कोरोना संक्रमण देखिएको छ ।

ओली हाल बालकोटस्थित आफ्नै निवासमा भेटघाट बन्द गरेर आइसोलेसनमा छन् ।

नेकपा (एमाले)ले सरकारको ६ महिना अवधिलाई मूल्यांकन गर्दै आज पत्रकार सम्मेलन गर्ने तयारी गरिएको थियो । ओलीमा कोरोना संक्रमण पुष्टि भएपछि पत्रकार सम्मेलनसमेत स्थगित गरी वक्तव्य जारी गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->