शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

भीरबाट खसेर श्रीमानको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली

भीरबाट खसेर श्रीमानको मृत्युपछि कलिला छोरीहरूको बिचल्ली


  • हरिकृष्ण गौतम
  • माघ ११ २०७८, मंगलबार
भीरबाट लडेर मृत्यु भएका रघुगंगा गाउँपालिका–६,¥यालेखोरका तिर्थबहादुर दमाईको परिवार । तस्वीर हरिकृष्ण गौतम

म्याग्दी/

साँघुरो कोठाभित्र…

बेनी नगरपालिका–७,मंगलाघाटको कच्ची घरको एउटा भ¥याङ चढेर पुग्दा कुमारी तामाङ राई तीन छोरीहरू साँधुरो कोठाको चिसो भुईमा सुत्छन् । कोठाभित्र ग्याँस चुलोमा पाक्ने खाद्यान्न समेत छैन् । ओड्ने–ओच्छ्याउने लुगा समेत छैन्। कोठाभित्र निरन्तर छिर्ने चिसो हावाले उनीहरुको दैनिक निन्द्रा विथोलिएको छ ।

उनको कोठाभित्र छिरेर हेर्ने हिम्मत कसैले गदैनन् । मासिक १५ सय भाडा तिरेर बस्ने कुमारीले बिजुली, खानेपानीको समेत शुल्क समेत समयमै बुझाउन सक्दैनन् । जिल्लाको रघुगंगा गाउँपालिका–६,¥यालेखोरका तिर्थबहादुर दमाईले सदरमुकाम बेनीमा बस्ने परिवारलाई भेटेर फर्किने क्रममा गाउँमा भीरबाट लडेर ज्यान गएपछि यो परिवार अहिले बिचल्लीमा परेको छ । गएको पुस २९ गते दिनभरी परिवारसँगै बसेर घरतिर लागेका दमाईको मृत्युको खवरले श्रीमति दमाई भावविह्ल भएकी छन् । श्रीमानको मृत्युपछि उनको आँखा अझै ओभाएका छैनन् । कुमारीले छोरीको भविस्यका बारेमा बुझ्न खोज्दा आँखामा टिलपिल आँसु भरिन्छ ।

श्रीमानको मृत्यु भएको १२ दिन वितिसक्दा पनि उनलाई श्रीमानको मृत्युको खवर सपना जस्तै लागेको छ । ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाउँदै आएकी कुमारीलाई श्रीमानको अल्पायुमै भएको मृत्युको पिडा एकातिर छ भने अर्कातिर तीन–तीन छोरीको भविष्यको चिन्ताले सताइरहेको छ । सुत्केरी अवस्थामा पनि दैनिक ज्यालामजदुरी गरेर घर खर्च चलाइरहेकी कुमारीले श्रीमानको मृत्युपछि जिन्दगी निकै कष्टकर बनेको बताईन् । ‘छोरीको भविष्यबारे धेरै चिन्ता लाग्छ, बिरामी हुदाँ उपचार गर्ने पैसा समेत छैनन’ कुमारीले भनिन् । श्रीमानसँगै मजदुरी गरेर जीविका चलाइरहेकोमा अव मानसिक तनाबसँग बिरामी समेत भएकाले छोरीहरू प्रिति नेपाली, कृपा नेपाली र कृस्टिना नेपाली को लागि शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको कुमारीको भनाई छ ।

‘जेठी छोरी बिरामी भएको तीनदिन भयो,‘उपचार खर्चसम्म छैन्,‘गाउँमा बुढी सासु आमा हुनुहुन्छ,‘अन्नबाली हुने खेतबारी समेत छैन’कुमारीले भक्कानिदै भनिन्। बैदेशिक रोजगारीबाट फर्किएका श्रीमानलाई राम्रो कमाई हुने देशमा पठाउन ८ लाख डुब्बेपछि जग्गा जमिन समेत गुमेको उनले बताईन् । उनले आफुँले ज्यालामजदुरी गरेर छोरीहरूको हेरचाह गर्ने बताउँदै एक्लो अभिभाराले पिरोलेकोे बताईन्। ‘छोरीको नामको एक रुपैयाँ मैले खर्च गर्दिन,‘छोरीको भविस्यले निदाउन सक्दिन’उनले भनिन्। पुर्वको इलाम जिल्लाबाट मजदुरी गर्ने क्रममा चिनजान भएपछि अन्तरजातिय विवाह गरेकी कुमारीलाई माइतीले स्वीकार गरेका छैनन् । यो अवस्थामा माइतीकै शरणमा जाने अवस्था समेत नभएकाले रुँदै उनले सहयोगको याचना गरिन्। उनले छोरा नजन्माएकै कारण आफुँलाई कुनै पछुतो नभएकालेउहाँको नासोका रुपमा रहेकी तीन छोरीलाई संरक्षण गरेर जीवनको गुजरा चलाउने बताईन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->