आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राजमोले भन्यो : पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ

राजमोले भन्यो : पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७८, बिहिबार

काठमाडौं/ राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्रता दिनुपर्ने बताएको छ ।

बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पनि विजयी भएपछि धन्यवाद दिन अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।

‘यस प्रकारको विषम राजनीतिक परिस्थितिमा प्रतिगमनका विरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको कुरामा पुनः जोड दिन चाहन्छौं’ केसीले विज्ञप्तिमा भनेका छन् ।

राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट नेकपा एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको अध्यक्ष केसीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->