पोखरा/ सोनाम ल्होछार (लाङ/म्हे ल्हो) को अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । तामाङ समुदायको नयाँ वर्षको अवसरलाई सरकारले राष्ट्रिय पर्व मान्दै सार्वजनिक बिदा दिएको हो ।
सोनाम ल्होछारको अवसरमा प्रधानमन्त्रीदेखि विपक्षी दलका नेता, गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । २०६८ सालको जनगणना अनुसार गण्डकीमा तामाङको जनसंख्या ५० हजार २२९ अर्थात् कूल जनसंख्याको २.१ प्रतिशत रहेको थियो । २०७८ सालको जनगणनाले यो संख्यामा फेरबदल भएको छ । यीमध्ये जिल्लागत रुपमा मनाङमा १२.६,गोरखामा ७.८,तनहुँमा ७.७,लमजुङमा ३.७ र कास्कीमा ४.९ प्रतिशत तामाङहरुको बसोबास गर्छन् ।





