शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खैरेकोटमा सामाजिक सुरक्षा भत्ता वितरण

खैरेकोटमा सामाजिक सुरक्षा भत्ता वितरण


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७८, बुधबार

स्याङजाको हरीनास गाउँपालिका १ खैरेकोट,घरेडीको घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरीएको छ । हरीनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको नेतृत्वमा बृद्धभत्ता,एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

कुमारी बैक चित्रेभञ्याङसंगको समन्वयमा बिभिन्न स्थानहरुमा गाउँपालीकाले सुरक्षा भत्ता वितरण गर्दै आईरहेको छ । भौगोलिक दुरी तथा विभिन्न कारणले बैक सम्म जान नसक्नेहरुका लागि उक्त सुरक्षा भत्ता वितरण गरीएको हरीनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिए ।

‘हाम्रो गाउँपालिकाको जनताको सुख दुख ,समस्या बुझेर जनतालाई सेवा दिनु हाम्रो कर्तव्य हो त्यसैले अशक्त बृद्धबृद्धाको सेवाको लागि घरघरमै पुगेर सेवा दिनु हामीले दात्यिव सम्झेर यो कार्य गर्दै आईरहेका छौ’ मानन्धरले भने । साथै उनले गाउँपालिकाका विभिन्न आवश्यक स्थानहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गरीने जानकारी दिए ।

सुरक्षा भत्ता वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर ,वडा नं २ का अध्यक्ष पर्शुराम सिग्देल ,कुमारी बैक चित्रेभञ्याङका शाखा प्रमुख लगायतकाको सहभागिता रहेको थियो भने करीब ६० जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->