बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सडकमा बाइक धकेलेर विरोध

सडकमा बाइक धकेलेर विरोध


  • ढोरपाटन संवाददाता
  • माघ २० २०७८, बिहिबार

तनहुँ/पेट्रोलको मूल्य इतिहासकै उच्च भएपछि विरोध गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु शुक्लागण्डकी नगर कमिटी र भानुभक्त बहुमुखी क्याम्पस इकाई कमिटीले बुधबार साँझ विरोध ¥याली निकालेको हो । अनेरास्वियुमा संगठित विद्यार्थीहरुले पृथ्वी राजमार्गमा बाइक धकेल्दै पेट्रोल लगायत पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धीको विरोध गरेका हुन् ।
विपीचोकबाट सुरु भएको धकेलेर गरिएको मोटरसाइकल ¥याली शुक्लागण्डकी नगरपालिका गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीका सहभागिले ‘किताब किन्ने पैसा सकियो बस भाडामा, हेर्दा हेर्दै मुल्यवृद्धि पुगीसक्यो डाँडामा’,‘हामी विद्यार्थी हो सरकार, तेरो एटिएम मेसिन हैन’,बाँच्न पाउने अधिकार सुनिश्चित गर’,जस्ता नारा लगाएका थिए ।
कोणसभामा बोल्दै अनेरास्वियू जिल्ला कमिटी तनहुँका सहसंयोजक महेन्द्र श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरे । इतिहासकै उच्च मूल्य बनाएर देउवा सरकारले नालायकीपन देखाएको उनको आरोप छ ।
भानुभक्त बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष सुरेश पौडेलले पेट्रोल हाल्ने पैसा नभएपछि बाइक धकेलेर सांकेतिक विरोध जनाएको बताए । उनले पेट्रोलिय पदार्थको मूल्य वृद्धिले सर्वसाधरण र विद्यार्थी मर्कामा परेकाले फिर्ता लिनुपर्ने उल्लेख गरे ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरेर पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३÷३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मुल्य अहिलेसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->